२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रेस चौतारी पर्वतद्धारा शर्मालाई केन्द्रिय अध्यक्षको रुपमा अघि सार्ने निर्णय

७ चैत्र २०७२, आईतवार १०:१३

                     12884533_1259369084078605_276524743_nपर्वत, । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको वैठक शनिवार कुश्माबजारमा सम्पन्न भएको छ । वैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । प्रेस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माको विशेष उपस्थितिमा सम्पन्न बैठकले नजिकिदै गरेको महाधिवेशनलाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्ने निर्णय भएको हो ।

बैठकले जिल्ला शाखामा आवद्ध रहेका सदस्यता नविकरण गर्ने र नयाँ पत्रकारलाई सदस्यता विस्तार गर्ने, तथा बरिष्ठ उपाध्यक्षलाई केन्द्रिय अध्यक्षको रुपमा अघि सार्ने निर्णय पनि गरिएको छ । बरिष्ठ उपाध्यक्ष शर्मालाई केन्द्रिय अध्यक्ष पदमा शसक्त रुपमा प्रस्तुत गर्नका लागि तत्काल धौलागिरि अञ्चल तथा ४ नम्वर प्रदेश स्तरिय भेला गर्ने भएको छ । आगामी वैशाख ४ गते कास्कीको काँडेमा प्रदेश स्तरिय भेला गरिने र त्यसका लागि प्रेस चौतारी नेपाल पर्वत शाखाका निवर्तमान अध्यक्ष गणेश पौडेललाई संयोजक तोकिएको छ ।  त्यसैगरी महाधिवेशन र अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि सहयोग समिति समेत गठन गरिएको छ । प्रेस चौतारी पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माको संयोजकत्वमा जिल्ला शाखाका पूर्व अध्यक्षहरु र पदाधिकारी सदस्य रहने गरि समिति समेत गठन गरिएको छ ।

वैठकले सर्वसम्मत रुपमा शर्माको उम्मेदवारी दिनका लागि आवश्यक बातावरण निर्माण गर्ने र त्यसका लागि पार्टी तहबाट पनि आवश्यक पहल गरिने जिल्ला सचिब कृष्ण अखेलीले जानकारी दिए । प्रेस चौतारी पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्मा, उपसचिब गोविन्द पहाडि प्रेस चौतारीका संस्थापक अध्यक्ष भोलनाथ शर्मा, निवर्तमान अध्यक्ष गणेश पौडेल, इन्द्रमान खत्री, सल्लाहाकार गणेश पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ