सम्राट सिंह । फागुन २५, बझाङ । दुइसाता अगाडि अछाममा पक्राउ परेकी (विप्लव निकट) अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष बन्दु चन्दकोे गिरप्तारी को बदलामा आफुलाई विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको बझाङकी सांसद देवकी मल्लको भनाइ छ ।

शुक्रबार बुंङगल नगरपालिकामा संञ्चालन भएको स्वाथ्य शिबिर उद्घाटन गरी बागथलातर्फ आउँदै गर्दा केदार स्यू गाउँपालिकाको बगडी भन्ने ठाउँबाट सांसद मल्ललाई बिव्लवका कार्यकर्ताहरुले नियन्त्रणमा लिएको थियो ।

१० – १२ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताहरुले तपाईको सरकारले हाम्रा नेता बन्दु चन्दलाई समातेको हुँदा त्यसको बदलामा तपाईलाई नियन्त्रणमा लिएको भन्दै जंगलतर्फ लगेको सांसद मल्लले बताइन । उनले आज एक बिज्ञप्ती जारी गर्दैे विप्लवका कार्यकर्ताहरुलाई यस्ता उछिङगल गतिविधि नगर्न र नगराउन हुन समेत चेतावनी दिइन ।

सांसद मल्लले आफुलाई नियन्त्रण लिने समुहले बिप्लव नेतृत्वका नेता क. भृकुटीले बोलाएको भन्दै नियन्त्रणमा लिएको लिई एक घण्टा टाढा पुगेपछि बन्दु चन्दको गिरप्तारीको बिषयलाई लामो छलफल बनाएका कारण आफुलाई नियन्त्रणमा लिने बिल्लव समुहका कार्यकर्ता नै भएको ठोकुवा गरेकी छन । यता नेकपा विल्लवका सेती इन्चार्ज क. सिकन्दरले भने एक बिज्ञप्ती जारी गर्दै यो घटनामा आफ्ना पार्टीको कुनै संलग्न नरहेको बताएका छन ।

बन्दु चन्दको गिरप्तारीको बदलामा आफुलाई नियन्त्रणमा लिएको प्रदेश सांसद मल्लको भनाइ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment