काँग्रेसले युगपुरुषलाई ६ बर्षमै भुल्यो

Posted on: 20 Mar, 2016

Girija-koirala.jpgपर्वत,  नेपाली काँग्रेसले आफ्नो पार्टीका लोकतान्त्रि आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालालाई ६ बर्ष नवित्तै भुलेको छ  ।

कोइरालको छैठौं स्मृति दिवस भएपनि पर्वत काँग्रेसले कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेको छैन । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।

कोइराला परिवारको नेकामा भएको बर्चस्व १३ औं महाधिवेशनको अबधीमा भएको सुशिल कोइरालको निधनसँगै अन्त्य भएको जस्तो देखिएको छ ।

effefe43f

जसका कारण पनि कोइरालाको योगदान र कदरको मुल्याङकन गरी नेका पर्वतले एक दिनपनि कोइरालालाई सम्झेर पुष्पा अर्पण गर्न सकेन । पार्टीभित्र कोइराला परिवार र कोइरालाले गरेको योगदानको नेकाले १३ औ अधिवेशन सकिएसँगै उनीहरुको योगदानलाई तिलाञ्जली दिएको छ ।  देशभरी पनि विभिन्न ठाउमा विभिन्न संगठनको आयोजनामा  कोइरालाको सम्झना गरिएको बताइता पनि त्यो भने हुन सकेको देखिएन । स्वर्गिय कोईरालालाई काँग्रेसका मात्रै नेता नमानी सिंङो मुलुककै महानायक, युगपुरुष आदी नामले चिनाउने गरिन्छ । तर अन्य दल तथा सरकारको तर्फबाट उनको संझनाका कुनै कार्यक्रम आयोजना नहुनुलाई अस्वभाविक मानिएको त छ नै, आफ्नै पार्टीले समेत नसंझनु गैरजिम्मेवारपनका रुपमा लिईएको छ ।

12884545_1007744432613998_1594410003_n

उनको संझनामा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम नगर्दा आम कार्यकर्ताहरुले पनि हिनतावोध गरेका छन् ।  उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई निर्वाचनमा गएको थियो । उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो।  २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनपछि उनी राजनितिमा लागेका हुन् । उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वा्िचत प्रधानमन्त्री बनेका थिए भने २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भएका थिए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । उनकै नेतृत्वमा मुलुकमा २०६२÷६३ मा ऐतिहासिक जनआन्दोलन भएको थियो । जनआन्दोलनपछि राष्ट्रप्रमुख र सरकारप्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाउने उनी एक मात्र नेपाली नागरिक हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!