२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै

२६ फाल्गुन २०७५, आईतवार ०२:१५

फागुन २६, खस्यौली (रासस) | शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहुँच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य राखेको जानकारी दिएको छ । संस्थाले नगरपालिकाको ७, ८, ९ र कञ्चन गाँउपालिका–१ स्थित लौसामा शुद्ध खानेपानी उपभोक्तालाई पुर्याउँदै आएको छ । 

सो अवसरमा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले खानेपानीको क्षेत्रमा संस्थाले उल्लेखनीय काम गरेको भन्दै काम गर्नका लागि एकरुपता आवश्यक भएको बताउनुभयो । उहाँले सरकारले अघि सारेको खानेपानी योजना हस्तान्तरण हुँदा प्रदेशमातहत आउन थालेको जानकारी दिँदै उपभोक्ता खानेपानीको अधिकारप्रति सचेत हुनथालेको बताउनुभयो । खानेपानी योजनालाई व्यवस्थापन गर्न सके खानेपानी संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बताउँदै नगरप्रमुख कार्कीले नगरपालिकाका सबै वडामा शुद्ध र स्वच्छ खानेपानीको उपभोग उपभोक्ताले गर्न पाउनेछन् भन्नुभयो । 

संस्थाका अध्यक्ष एकदेव पौडेलले खानेपानीमा उपभोक्ताको पहुँच बढाउन प्राविधिक सम्भाव्यता अध्ययनसमेत भएको उल्लेख गर्नुभयो । स्थानीय उपभोक्ता खडानन्द खनालले विगतमा खोल्सा र इनारको पानी उपभोग गरेर जीवन व्यतित गर्नुपरेकामा खानेपानी संस्थाको स्थापनापछि शुद्ध खानेपानी उपभोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । 

नगरपालिकाको ७, ८, ९ र कञ्चन गाउँपालिका–१ का करीब एक हजार २६५ उपभोक्ताले खानेपानीका लागि धारा जडान गरेका छन् । संस्थामा एक हजार ७२५ सदस्य छन् । संस्थाले अन्दाजी तीन कठ्ठा जग्गामा दुई डिपट्युबेल बोरिङ, अपरेटर भवन, शौचालयसँगै ८५ प्रतिशत पाइपलाइन विस्तार गरेको छ । 

रु सात करोड ३१ लाख बराबरको खानेपानी योजना रहेको संस्थाको ओभरहेड ट्याङ्कीको लागत रु एक करोड ८२ लाख रहेको थियो । सो ट्याङ्कीको क्षमता तीन लाख ५० हजार लिटर रहेको छ । विसं २०६६ मा संस्था स्थापना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु