२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै

२०७५, २६ फाल्गुन आईतवार ०२:१५

फागुन २६, खस्यौली (रासस) | शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहुँच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य राखेको जानकारी दिएको छ । संस्थाले नगरपालिकाको ७, ८, ९ र कञ्चन गाँउपालिका–१ स्थित लौसामा शुद्ध खानेपानी उपभोक्तालाई पुर्याउँदै आएको छ । 

सो अवसरमा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले खानेपानीको क्षेत्रमा संस्थाले उल्लेखनीय काम गरेको भन्दै काम गर्नका लागि एकरुपता आवश्यक भएको बताउनुभयो । उहाँले सरकारले अघि सारेको खानेपानी योजना हस्तान्तरण हुँदा प्रदेशमातहत आउन थालेको जानकारी दिँदै उपभोक्ता खानेपानीको अधिकारप्रति सचेत हुनथालेको बताउनुभयो । खानेपानी योजनालाई व्यवस्थापन गर्न सके खानेपानी संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बताउँदै नगरप्रमुख कार्कीले नगरपालिकाका सबै वडामा शुद्ध र स्वच्छ खानेपानीको उपभोग उपभोक्ताले गर्न पाउनेछन् भन्नुभयो । 

संस्थाका अध्यक्ष एकदेव पौडेलले खानेपानीमा उपभोक्ताको पहुँच बढाउन प्राविधिक सम्भाव्यता अध्ययनसमेत भएको उल्लेख गर्नुभयो । स्थानीय उपभोक्ता खडानन्द खनालले विगतमा खोल्सा र इनारको पानी उपभोग गरेर जीवन व्यतित गर्नुपरेकामा खानेपानी संस्थाको स्थापनापछि शुद्ध खानेपानी उपभोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । 

नगरपालिकाको ७, ८, ९ र कञ्चन गाउँपालिका–१ का करीब एक हजार २६५ उपभोक्ताले खानेपानीका लागि धारा जडान गरेका छन् । संस्थामा एक हजार ७२५ सदस्य छन् । संस्थाले अन्दाजी तीन कठ्ठा जग्गामा दुई डिपट्युबेल बोरिङ, अपरेटर भवन, शौचालयसँगै ८५ प्रतिशत पाइपलाइन विस्तार गरेको छ । 

रु सात करोड ३१ लाख बराबरको खानेपानी योजना रहेको संस्थाको ओभरहेड ट्याङ्कीको लागत रु एक करोड ८२ लाख रहेको थियो । सो ट्याङ्कीको क्षमता तीन लाख ५० हजार लिटर रहेको छ । विसं २०६६ मा संस्था स्थापना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा