२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको कालिका र इन्डोनेशियाको एण्डालास बीच समझदारी

२०७५, २६ फाल्गुन आईतवार ०८:५९

फागुन २६, चिप्लेढुङ्गा (रासस) | पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ ।

‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’ विषयक पोखरामा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन दुई देशका क्याम्पसबीच समझदारी भएको हो । समझदारी पत्रमा (एमओयू) क्याम्पस प्रमुख बालाकृष्ण शर्मा र एण्डालास विश्वविद्यालयका प्रतिनिधि डा मास्कोटा डेल्फीले हस्ताक्षर गर्नुभएको हो । 

कालिका सामुदायिक क्याम्पस ग्रामीण विकास विभागद्वारा आयोजित सो सम्मेलनमा चार देशका प्राध्यापकले समाजशास्त्रीय अनुसन्धानबाट ग्रामीण विकासको अवस्था, जलवायु परिवर्तन र त्यसले जनजीवनमा पारेको प्रभाव, समाजशास्त्र र पर्यटन, खाद्य सुरक्षा, सनातन सामाजिक संरचना, पुस्तान्तर, वैदेशिक रोजगार, लैङ्गिक सवाल, दिगो विकासका बारेमा प्रस्तुति राखेका थिए । 

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद् सूर्यबहादुर केसीले सामुदायिक क्याम्पससँग इण्डोनेशियाको विश्वविद्यालयबीचको भगिनी सम्बन्धले दुई देशबीच शिक्षामार्फत संस्कृति र विकासलाई आदानप्रदान गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । केसीले ग्रामीण विकासमा स्नातकोत्तर अध्यापन हुने कालिका बहुमुखी सामुदायिक क्याम्पस गण्डकी प्रदेशको एक मात्र क्याम्पस भएको बताउनुभयो । ग्रामीण विकास नै आर्थिक समृद्धिको आधार भएकाले दक्ष जनशक्ति उत्पादन गरेर देशभित्रै रोजगारी सिर्जना गर्न ग्रामीण विकास अध्ययनले सहयोग हुने उहाँको भनाइ थियो । 

कार्यक्रममा प्राध्यापक डा चन्द्रा भद्रा, प्राध्यापक डा शुक्रराज अधिकारी, अष्ट्रेलियाका प्राध्यापक जोन रिचार्ड, एण्डालास विश्वविद्यालयका प्राध्यापक डा मास्कोटा डेल्फी, महात्मागान्धी विश्वविद्यालयका साइमन भिएस, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विकासकुमार केसी, डा राजेन्द्रप्रसाद उपाध्याय, डा माधवप्रसाद बराललगायत ७० जनाको सहभागिता रहेको थियो । 

विभिन्न सत्रमा विभाजन गरी करीब २० प्राज्ञिक प्रतिवेदन प्रस्तुतिसहित सम्पन्न सो सम्मेलन पोखरामा पहिलोपटक आयोजना गरिएको आयोजकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु