२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वडा कार्यालय पुग्न चार घण्टा

२६ फाल्गुन २०७५, आईतवार १०:१७

फागुन २६, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 

वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो । 

चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घण्टा यात्रा गर्नुपर्ने र अर्को सवारी साधनमार्फत प्रदेश नं ४ को दुम्किबास, दाउन्ने हुँदै चिसापानीसम्म आउनुपर्ने हुन्छ । 

तराई क्षेत्रको नगरपालिका भए पनि पटुके बस्ती विकट पहाडी खोंचमा पर्दछ । स्थानीय तहको सिमाङ्कनको समयमा यहाँका बासिन्दाले आफूहरुलाई बर्दघाट नगरपालिका जानका लागि असहज हुने र भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजीकै केन्द्र रहेको विनयीत्रिवेणी गाउँपालिकामा गाभ्नका लागि प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नहुँदा अहिले सामान्य सेवाका लागिसमेत घन्टौं हिँड्नुपर्ने बाध्यता परेको हो । 

त्यहाँका सेवाग्राहीलाई वडा कार्यालयमा आउन करीब चार घण्टाको पैदल यात्रा र सवारी साधनमा आउँदा पनि करीब दुई घण्टा लाग्ने अवस्था देखिन्छ । वडा कार्यालय आउन सडक सञ्जाल राम्रो नहुँदा यस्तो समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ । यस पटक सो क्षेत्रमा सडकको बाटो खोल्ने काम सम्पन्न भइसकेको र यस वर्ष करीब रु एक करोडको लगानीमा सडक विस्तारको काम गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभयो । 

पटुके बस्तीमा करीब तीन सय जनसङ्ख्या रहेको छ । आफ्नै वडा कार्यालय जान घण्टौँ हिँडेर पुग्नुपर्ने भन्दै स्थानीयवासीले वडा कार्यालय पायक पर्ने स्थानमा सार्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य