2026-09-14 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वडा कार्यालय पुग्न चार घण्टा

फागुन २६, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 

वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो । 

चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घण्टा यात्रा गर्नुपर्ने र अर्को सवारी साधनमार्फत प्रदेश नं ४ को दुम्किबास, दाउन्ने हुँदै चिसापानीसम्म आउनुपर्ने हुन्छ । 

तराई क्षेत्रको नगरपालिका भए पनि पटुके बस्ती विकट पहाडी खोंचमा पर्दछ । स्थानीय तहको सिमाङ्कनको समयमा यहाँका बासिन्दाले आफूहरुलाई बर्दघाट नगरपालिका जानका लागि असहज हुने र भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजीकै केन्द्र रहेको विनयीत्रिवेणी गाउँपालिकामा गाभ्नका लागि प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नहुँदा अहिले सामान्य सेवाका लागिसमेत घन्टौं हिँड्नुपर्ने बाध्यता परेको हो । 

त्यहाँका सेवाग्राहीलाई वडा कार्यालयमा आउन करीब चार घण्टाको पैदल यात्रा र सवारी साधनमा आउँदा पनि करीब दुई घण्टा लाग्ने अवस्था देखिन्छ । वडा कार्यालय आउन सडक सञ्जाल राम्रो नहुँदा यस्तो समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ । यस पटक सो क्षेत्रमा सडकको बाटो खोल्ने काम सम्पन्न भइसकेको र यस वर्ष करीब रु एक करोडको लगानीमा सडक विस्तारको काम गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभयो । 

पटुके बस्तीमा करीब तीन सय जनसङ्ख्या रहेको छ । आफ्नै वडा कार्यालय जान घण्टौँ हिँडेर पुग्नुपर्ने भन्दै स्थानीयवासीले वडा कार्यालय पायक पर्ने स्थानमा सार्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ