2026-09-13 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको तरकारी बिक्री नभएपछि गाईभैँसीलाई, सदरमुकाममा भने तरकारीको मूल्य आकासिए

फागुन २६, रोल्पा (रासस) | व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । 

जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् । 

बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा परिने चिन्ताले उनीहरुलाई सताएको छ । अघिल्लो वर्ष तरकारीबाट रु पाँच लाख आम्दानी गरेको थिए, यसवर्ष त लगानी पनि नउठ्ने भयो कृषक पुष्पा घर्तीकोे दुखेसो थियो । अघिल्ला वर्ष बजारमा यस्तो समस्या देखिएको थिएन उहाँले भन्नुभयो । 

अघिल्लो वर्ष तरकारीबाट राम्रो आमदानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनकी कल्पना पुनले यसवर्ष भने डोकोमा तरकारी बोकेर गाउँ÷गाउँ डुलाउँदा पनि बिक्री नभएको गुनासो गर्नुभयो। यसवर्ष त लगानी पनि नउठ्ने भयो उहाँले भन्नुभयो । 

रुण्टीगढी गाउँपालिका–७ का किसानले प्रतिकिलो तीन रुपैयाँका दरले पनि तरकारी बिक्री नभएपछि गाईभँैसीलाई खुवाउन बाध्य भएको किसान सुगम मगरले बताउनुभयो । स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारीखेती अङ्गालेका युवा अहिले निराश भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेका छन् मगरले भन्नुभयो । विचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय लक्षीराम थापाको भनाइ थियो । भारतबाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका उहाँले भन्नुभयोे । 

यता जिल्ला सदरमुकाममा भने तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य प्रतिकिलो रू ३० देखि ७० सम्म छ । बजारको राम्रो सञ्जाल नहुँदा जिल्लाभित्रै कतै हाहाकार र कतै फालाफलको अवस्था आएको छ । सदरमुकाम लिवाङ र जिल्लाको दोस्रो ठूलो बजार केन्द्र सुलिचौरका बासिन्दाले भने जिल्ला बाहिरबाट आउने तकारी उपभोग गर्ने गर्दछन् । 

यस क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने किसानको आकर्षण बढ्दै गए पनि यसवर्षको बजार मूल्यका कारण धेरै किसान निराश भएका उल्लेख गर्दै स्थानीय रुद्र मगरले भन्नुभयो, “लाखौंको तरकारी खेर जाँदासमेत स्थानीय सरकारलगायत कुनै निकायले सहयोग गरेनन् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले