पाङराङमा भिषण आगोलागी

Posted on: 21 Mar, 2016

पर्वत पर्वतको पाङराङ गाविस ४ करेङ सामुदायिक बनमा भीषण आगालागी भएको छ । विहान देखी लागेको आगोले वार्ड नम्बर ४, ५ र ६ को जंगल पुरै सखाप भएको छ । आगो अहिले पनि लागीरहेको छ । कर्नासका ७५ घरका सबै परिवार कस्सिएपनि आगो नियन्त्रण भन्दा वाहिर गएको स्थानीय मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिन नसके केहिवेरमा वस्तीमा पस्ने संभवना रहेको भट्टराईले जानकारी दिनुभयो । आगालागीवाट केहि गाईभैसी मरेको अनुमान गरिएको छ तर यसको पुष्टि हुन वाँकि रहेको छ । अहिले वाच्छा प्रहरी चौकीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भट्टराईले बताउनुभयो  । उक्त बनमा साल र सल्लाका वोटहरु रहेका थिए । खेतमा घु¥यान जलाउने क्रममा धाईरोवाट सल्किएको आगो जंगलमा पुगेको बताइएको छ ।

यता बाग्लुङ हरिचौर गाबिसको ३ सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आएकोे छ । आईतबार बिहान गगनपानी सामुदायीक बनबाट निस्केको आगो टेउवाका स्थानियबासीको सक्रियतामा आज करिब साढे पाँच बजे नियन्त्रणमा ल्याईएको गल्कोट घुम्टे पयर्टन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । आगोले बनको करिब ४० हेक्टर क्षेत्रफल नष्ट गरेको छ । आगाले दान्सिन डाँडा सामुदायिक बनको पनि सबैभाग जलेर नष्ट भएको छ भने घुम्टे सामुदायीक बन र लाम्डारा सामुदायिक बनको सिमानामा पनि सामान्य क्षति पुगको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए ।

बस्नेतका अनुसार टेउवाका करिब २२, २५ जनाको समुहले टेउवा देखि अग्नी रेखा बनाउदै मल्मको ढुङगाखानी सम्म पैmलिएको थियो । आगोले हरिचौर ४ र ७ का उपभोक्ताहरुको सबै बन पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगोले निभाउने क्रममा अमर पुन, दिपक थापा, घुम्टे सामुदायिक बनका उपाध्यक्ष सुर्ज बहादुर थापा लगायतका ब्यक्तिहरु सामान्य घाईते भएका छन । आगो निभाउनका लागी हरिचौर टेउवाका स्थानिय उपभोत्ताहरु सक्रिय देखिए पनि लाम्डाडा सामुदायिक बन उपभोक्ता समिति मल्मका उपभोक्ताहरु पनि देखा नपरेको बस्नेतको भनाई छ । हामी जम्मा २०, २५ जनाले हिजो देखिनै सक्रिय भएर आगो निभाउन तर्फ लाग्यौ तर मल्मका उपभोक्ता भने आफनो बनमा जाँदा सम्म देखा परेनन बस्नेतको गुनासो थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!