2026-09-14 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट सप्ताह शुरु, दुई पत्रकार सम्मानित

शिला पाण्डे/पर्वत । सोमबारदेखि रोट्याक्ट सप्ताह शुरु भएको छ । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो स्थापना दिवसपारी सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरु गरेको हो । सप्ताहव्यापी कार्यक्रमको आज गण्डकी प्रदेशकी सांसद ललितकला गुरुङले उद्घाटन गरिन् ।

उनले क्लबले समाजमा गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गरिन् । १८ वर्षदेखि ३० वर्षभित्र उमेर समुह रहेका युवाहरुको समय अवधि भनेको कुलतमा फस्ने भएको भएपनि पर्वतका युवाहरु भने क्लबमा आवद्ध भएर समाजसेवामा लागेको देख्दा आफूलाई खुसी लागेको उनले बताइन ।

उनले क्लबको प्रशंसा गर्दै आगामी दिनमा पनि यसै समाजिक क्षेत्रमा काम गर्न युवाहरुलाई जोश जाँगर थपियोस् भन्दै शुभकामना व्यक्त गरिन् ।
यहि मार्च १३ तारिखमा विश्व मानै पहिलो पटक रोट्याक्ट क्लब स्थापना भएको अवसर पारि विश्वभर नै रहेका रोट्याक्ट क्लबहरुले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।

रोट्याक्ट क्बल अफ पर्वतले सो अवसरमा विभिन्न क्रियाकलाप गरी दिवस मनाउन लागेको हो ।
उद्घाटन कार्यक्रममा पत्रकारीता क्षेत्रबाट क्लबलाई उल्लखनीय योगदान गरेको भन्दै एभिन्यूज पर्वतका सन्तोष थापा, नागरिकका विशन क्षेत्रीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदरनाथ शर्मा, गोपी अधिकारी, क्लबका निर्वतनमान अध्यक्ष आरसी पौडेल, कार्यक्रम मुल संयोजक मिना खड्का लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष गणेश पौडेल टुआरजीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक स्वागत कामना रेग्मीले र संचालन सचिव शिव आचार्यले गरेका थिए ।

त्यस्तै दोस्रो दिन शैक्षिक समाग्री वितरण कार्यक्रम पकुवामा आयोजना गरेको छ । पकुवामा रहेको विरेन्द्र माविमा रहेका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्ने कार्यक्रम रहेको मुल संयोजक मिना खड्काले बताइन् । फागुन २९ अर्थात् मार्च १३ का दिन रोट्याक्ट सेलिब्रेसन, फागुन ३० गते ट्राफिक सचेतना कार्यक्रम मोदी गाउँपालिकामा आयोजना गरिएको छ ।

त्यस्तै युवाहरुलाई लक्षित गरी वित्तिय साक्षरता, कुश्मा कैयाँ झोलुङ्गे पुल र कुश्मा मुडिकुवा झोलुङ्गे पुल परिसरमा सरसफाई र अन्तिम दिन समापन कार्यक्रमको आयोजना गरेको उनले बताइन ।

सो सप्ताहव्यापी कार्यक्रमको लागि १ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ । क्लबले हरेक वर्ष रोट्याक्ट सप्ताह मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ