२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

मर्मत भएनन् अस्पतालका उपकरण

२७ फाल्गुन २०७५, सोमबार ०७:५२

काशीराम शर्मा | फागुन २७, बाँके | पश्चिम नेपालका सरकारीमध्ये नेपालगन्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ । तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरु बिग्रिएपछि बनाउनेतर्फ अस्पतालले ध्यान नदिँदा बिरामी चर्काे मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् । 

पश्चिम नेपालकामध्ये भेरी अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा उपलब्ध छ । सिकलसेल एनिमियाका बिरामीको पनि उपचार हुन्छ । पूर्णतया वंशाणुगत यो रोग तराईका थारू समुदायका मानिसमा बढी देखिएको छ । अस्पतालमा मुटुको भिडियो एक्सरे गर्ने एउटा ‘इको’ र दुइवटा सिकलसेल जाँच्ने ‘इलेक्ट्रोफोरसिस मेसिन’ लामो समयदेखि मर्मत अभावमा थन्किएको छ । बिग्रिएर थन्किएका मेसिन मर्मत गरेर सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनले ध्यान दिन सकेको छैन । 

भेरी अस्पतालको सेवासुविधा प्रभावकारी हुँदा निजी क्लिनिकको आम्दानी घट्छ भन्ने मानसिकता भएकाले मेसिन मर्मतमा चासो नदिइएको सेवाग्राहीको गुनासो छ । स्वास्थ्य परीक्षण गर्न लाई ल्याइएका ती मेसिन प्रयोगमा ल्याउन अस्पतालले तदारुकता देखाउनुपर्ने सेवाग्राहीको माग छ । 

नेपालगञ्ज–१५ का भरत शाहले भन्नुभयो, “ अस्पतालको सुविधा राम्रो भए निजी क्लिनिकको व्यापार घट्छ, अनि कसरी अस्पतालको सेवा सुधार्न ध्यान दिन्छन् ?” अस्पतालमा मुटुरोगको उपचार सेवा भए पनि अत्यावश्यक उपकरण बिग्रिएर थन्किँदा सहजरूपमा सेवा प्रवाहमा समस्या भइरहेको छ । विभिन्न खाले जटिल रोगको जाँचका मेसिन थन्किएपछि जटिल प्रकारका बिरामीका लागि उपचार निकै खर्चिलो बनेको छ । मेसिन ल्याएदेखि सिकलसेलका एक बिरामीले पनि त्यसबाट आफ्नो स्वास्थ्य परिक्षण गर्न पाएका छैनन् । 

मेसिन प्रयोगमा नआउँदै बिग्रिएको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताउनुभयो । “भएका मेसिन बिग्रिएपछि उपचारका लागि अस्पतालमा आउने जटिल रोगका बिरामी मारमा परेका छन्, मर्मतका लागि रकम अभावले केही ढिलाइ भएको हो, अब छिट्टै मर्मत गर्दैछौँ”, उहाँले भन्नुभयो । महङ्गो रकम तिरेर निजी क्लिनिकमा स्वास्थ्य परीक्षण गराउन बाध्य हुनुपरेको सिकलसेल एनिमियाको परीक्षणका लागि अस्पताल पुग्नुभएका फत्तेपुरमा कान्छा चौधरीले बताउनुभयो । अस्पतालमा दैनिक १० नागरिक सिकलसेल जाँचका लागि आउने गरेको प्याथालोजी विभाग प्रमुख बालकृष्ण अवालले बताउनुभयो । 

शहरी स्वास्थ्यकै भवन निर्माण अलपत्र 

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ मा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त रु एक करोड बजेटमा निर्माण थालिएको शहरी स्वास्थ्य केन्द्रको भवन अलपत्र र बेवारिसे अवस्थामा छ । 

“पूर्वाधार निर्माणका लागि जमीनमा पिलर उठाइएको पाँच वर्ष बितिसक्यो, केही रकम खर्च भयो तर भवन निर्माणको काम अघि बढ्न सकेन”, जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले भन्नुभयो, “ अहिलेसम्म यो योजना पिलरमै सीमित छ ।” उहाँका अनुसार भवन नहुँदा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको छ । 

“भवन अभावले सेवा प्रवाह पनि सोचेअनुसार हुनसकेको छैन । जेनतेन चलेको छ”, अधिकृत चन्दले भन्नुभयो । जनस्वास्थ्यको रकम पाएपछि भवन निर्माणका लािग नगरपालिकाले बोलपत्र आह्वान गरी एक ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो । उपमहानगरपालिकाले उक्त बेवारिसे भवनको निर्माण पूरा गर्न चासो नदेखाएको अधिकृत चन्द बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जे कामका लागि बजेट दिएको हो त्यो बजेट त्यही काममा लगाउनुपर्छ । ”यसअघि भवन निर्माणको ठेक्का पाएका दुई÷दुई ठेकेदारसँग सम्झौता रद्दसमेत गरिसकेको उपमहानगरले अहिलेसम्म नयाँ बोलपत्र खोल्न सकेको छैन । 

ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहललगायतका विषयमा जनप्रतिनिधिको भूमिका नदेखिएको स्थानीयवासी रवीन्द्र शाहीको भनाइ छ । पहिलोपटक ठेक्का आह्वान गरिए पनि काम गर्न नसकेको भन्दै ठेकेदारले सम्झौता तोडेको बताउँदै भवन निर्माणका लागि अब फेरि बोलपत्र आह्वानको तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा ठेकेदारले काम नगर्दा सम्झौता रद्द गर्नुपरेको हो, अब छिट्टै बोलपत्र प्रक्रियामा जाँदैछौँ ।”–

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य