२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विद्युत् चुहावट गर्नेबाट रु चार करोड असुली

२०७५, २७ फाल्गुन सोमबार ०७:५८

फागुन २७, पर्सा | नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । |

मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । 

वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महीनामा रु चार कारोड १३ लाख ९४ हजार असुल गरेको हो । 

ग्राहकको मिटरलाई जाँच गर्दा मिटर तथा जडानमा गडबढी फेला परेपछि उनीहरुलाई कारवाही गरिएकोे केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा मिटर तथा जडानमा गडबढी भेटिएका अन्य ३९ ठूला ग्राहकलाई कारवाही गर्न फाइल अनुमतिका लागि विभागमा पठाएको र विभागले फाइल सदर गरेपछि थप रु दुई करोडभन्दा बढी रकम असुली हुने बताउनुभयो । 

विद्युत् चुहावटलाई नियन्त्रण गर्न प्रधिकरणले पर्सामा अभियान चलाएपछि गत वर्षको तुलनामा चालू आवमा पहिलो सात महिनामा करीब आठ प्रतिशत चुहावट नियन्त्रण भएको छ । गत आर्थिक वर्षमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट भएको थियो । चालू आवको पहिलो सात महिनामा दुई दशमलव ८४ प्रतिशत मात्र विद्युत् चुहावट भएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिनुभयो । 

उहाँले गत आवमा राष्ट्रिय प्रसारण लाइनबाट ३६ करोड ११ लाख ७३ हजार ११६ युनिट विद्युत् प्राप्त गरेकामा ३२ करोड २४ लाख आठ हजार २२ युनिट बिक्री भई तीन करोड ८७ लाख ७५ हजार ९४ युनिट चुहावट भएको थियो । चालू आवमा मुख्य प्रसारण लाइनबाट २१ करोड ८२ लाख ४१ हजार ८०७ युनिट प्राप्त गरेकामा २१ करोड २० लाख ४७ हजार ४०३ युनिट बिक्री भई ६१ लाख ९४ हजार ४०४ युनिट चुहावट भएको उहाँले बताउनुभयो । 

अनुगमनलाई तीव्र बनाएकै कारण चालू आवमा तीन करोड २५ लाख ७० हजार ६९० युनिट विद्युत् चुहावट हुनबाट रोकिएको केन्द्र प्रमुख ठाकुरको भनाइ छ । 

वीगञ्ज वितरण केन्द्रबाट विद्युत् लिएका ४४ हजार ९५४ जना ग्राहकबाट चालू आर्थिक वर्षको पहिलो सात महीनामा दुई अर्ब रु दुई करोड विद्युत् महसुस सङ्कलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ८० करोड महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते