२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमा ! म छाउघर जानै पन्र्या हो ?

२०७५, २७ फाल्गुन सोमबार ०९:१०

लक्ष्मी भण्डारी | फागुन २७, वीरेन्द्रनगर | पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’ 

पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार भएपछि उनी र उमेशबीचको प्रेमकथाले वियोगान्तको रुप लिएपछि दर्शकका आखाँ रसाए । उक्त संवाद सुर्खेत आयोजित रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको ‘छाउ’ नाटकमा सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा कुप्रथाको दर्दनाक अवस्थालाई नाटकमा उतारिएको हो । 

नाटकको शुरुवात मुुख्य पात्र भनिएका उमेश र रिनाको प्रेम कहानीबाट शुरु हुन्छ । उनीहरु एक अर्कालाई आँैधी मन पराउँथे । उमेश पढ्न भनी सदरमुकाम गएको हुन्छ । कलेज बिदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे गाउँभरी हल्ला फैलन्छ । दुबैका परिवारले उमेश र रिनाको विवाह गर्ने निधो पनि गर्छन् । विवाहको तयारी भइरहेको हुन्छ । यस्तैमा विवाहको केही दिन अगाडि रिना महिनावारी भएपछि नाटकको शृङ्खला अन्तै मोडिन्छ । 

नाटक मध्यभागमा पुगेपछि छोरीको बिहेको कुरा छिनेका बुबा र आमा रिना महिनावारी हुँदा भएको घटनाले निराश हुँदै विवाह नहुनेमा चिन्तित हुन्छन् । 

छाउगोठबाट फर्केपछि भने रीनाले बिहे गर्ने निर्णय एकाएक परिवर्तन गर्छे । उनको निर्णयका कारण दुबै परिवार अचम्ममा पर्दछन् । रिनाका बुबाले छोरीले निर्णयले र समाजमा लाज भएको सोची आत्माहत्या गर्ने अवस्थासम्म पुग्दछन् । उता उमेशकी बहिनी जमुनी पनि महिनावारी हुन्छे र उसलाई छाउगोठ जान नदिनका लागि रिनाको विद्रोह शुरु हुन्छ । ‘‘म जस्ता यो समाजका धेरै रीनाले छाउगोठमै दुःख पायाका छन्, यहाँबाट उनीहरुलाई निकाल्नुछ’’ उनको यो विद्रोहको आवाजपछि दर्शकको ताली बज्छ । 

कथाको अन्त्यमा जमुनीसँग आफू छाउगोठ बस्दा बलात्कृत भएको घटना सुनाउँछे । यो कुरा उमेशले सुनेर रिनाले विवाह गर्दिन भन्नाको कारण थाहा पाएर रिनासँगै विवाह गर्न स्विकार गर्छ । र दुबैको विवाह भएपछि नाटक टुङ्गिन्छ । 

‘छाउ’ नाटकका लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको समृद्धिको सपना देशमा जडा गाडेको यस्ता कुप्रथा अन्त्य नभएसम्म समृद्धि हुन नसक्ने भन्दै समाजलाई चेतना दिने उद्देश्यले नाटक रचिएको गरिएको बताउनुहुन्छ । 

त्यस्तै नाटकमा रीनाको भूमिकामा अभिनय गरेकी सगुन पोख्रेलले आफू सुदूरपरिश्चमा जन्मिएको र छाउप्रथाले आफूलाई पनि छोएकाले यो भूमिका निर्वाह गरेको बताउँछिन् ।नाटकमा मञ्चन गरिएझै सुर्खेतमा आठ महीनाअघि १६ वर्षीया किशोरीको बलात्कार हुनाका साथै त्यसअघि कतिपय किशोरीले ज्यान समेत गुमाइसकेका थिए । 

करीब १२ वर्षअघि छाउगोठ बसेकी सुर्खेतको बाबियाचौरकी पार्वती नेपालीलाई सर्पले डसेर मृत्यु भएको थियो । उनको मृत्युको करीब छ वर्षपछि घाटगाउँमा अर्की पार्वती नेपालीको त्यसैगरी अकालमा ज्यान गयो । यस्ता कपितपय घटना अझै चर्चामा आएका छैनन् । 

छाउगोठमा बस्दा सर्पले डसेर, निस्सासिएर, चिसोले कठ्याङ्ग्रिएर र बलात्कारजस्ता आपराधिक घटना भएर कतिपयको मृत्यु भएकाले यो प्रथालाई निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति प्रयास भए पनि अझै सार्थक परिणाम निस्किन सकेको छैन । 

अधिकारकर्मी धना जिसी गैरसरकारी सङ्घ संस्थाले जति अभियान चलाए पनि मान्छेको मानसिकता परिवर्तन नहुँदासम्म यसको अन्त्य असम्भव हुने बताउनुहुन्छ । 

पश्चिम सुर्खेतका विभिन्न गाउँमा समेत अभियानका क्रममा छाउगोठ भत्काउने क्रम जोडतोडका साथ चल्यो । तर गैससले आफ्नो अभियान छोडेर फर्केलगत्तै धमाधम छाउगोठ ठडिएका छन्  । 

अभियानको नाममा गोष्ठी अन्तक्र्रिया गरेर प्रतिवेदन पेस गरी बजेटसक्ने काम भएको स्थानीयवासीको आरोप छ । छाउ भएका बेला घरभित्र पस्दा देउता लाग्ने, अशुभ हुनेजस्ता अन्धविश्वासले छाउप्रथालाई पश्रय दिने गरेको पाइन्छ । 

नेपालको संविधानको धारा ३८ मा ‘‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन’’ भनिए पनि महिलाले छाउपडीकै कारण विभेद र शारीरिक तथा मानसिक पीडाका साथै ज्यानसमेत गुमाइरहेका छन् । 

पाँच महिना अघि एक किशोरी छाउपडीकै कारण बलात्कारको शिकार हुँदा समाजमा किशोरीको चरित्रबारे प्रश्न उठाइएको थियो । गाउँका ठूलावडा भन्नेले यो घटनालाई ढाकछोप गर्नतिर लागे र बलात्कार गर्ने तीन अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएपनि बिना कारबाही तत्कालै छोडिदियो । अहिले ती किशोरीको परिवार न्यायको खोजीमा भौतारिएको छ । 

त्यसैगरी बाबियाचौरकी पार्वती बुढाको मृत्युलाई पनि घरपरिवार र समाजले अन्य कारणबाट मृत्यु भएको भन्दै ढाकछोप गर्न खोजे पनि वास्तविकता सार्वजनिक भएपछि चार दिनपछि शव उत्खनन गरी परीक्षण गरिएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते