2026-09-13 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका आलु किसान चिन्तित

धनवीर महतो | फागुन २७, महोत्तरी | लागत अनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् । 

दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

भन्नुभयो, “एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा त परै जाओस् ।” “स्थानीय बजार पनि व्यवस्थित छैन्, उहाँले भन्नुभयो, “बाहिरबाट व्यापारीले ल्याएको आलुले गर्दा स्थानीय आलुको उपयुक्त मूल्य पाउन सकेको छैन ।” हाल प्रति कठ्ठा आलुको उत्पादन सातदेखि आठ क्विन्टल हाराहारीमा रहेको अर्का किसान रामसेवक सदाले बताउनुभयो । 

“अन्य तरकारी मौसममा बिक्री नगर्दा खेर जाने डर हुन्छन्”, उहाँले भन्नुभयो, “आलुलाई बचाएर राख्ने हो भने यसलाई वर्षभरि नै बिक्री गरेर आम्दानी गर्न सकिन्छ । तर यहाँ शीत भण्डार छैन जसकारण आलुलाई बचाउनका लागि निकै नै मुश्किल परेको छ ।” 

यता सोही बजारमा टायर गाडामा आलु बेच्न आएकी गौशाला नगरपालिका–८ बेलगाछीकी रोजिना खड्काले भन्नुभयो, “ अहिले बजारमा आलुको राम्रो भाउ नै छैन, प्रतिकठ्ठा पाँच हजार उत्पादन खर्च लागेको आलु अहिले बजारको मूल्य अनुसार बिक्री गर्दा त्यसको आधामात्रै असुल हुने देखिन्छ ।” उखुखेतीलगायतका अन्य बालीभन्दा तरकारीखेतीबाट भने मगन्य आम्दानी गर्न सकिन्छ तर यसका लागि उचित बजारीकरणको व्यवस्थापन हुनु जरुरी रहेको उहाँको भनाइ छ । 

किसानले आलुलाई जोगाउन सकेपछि राम्रै आम्दानी गर्न सकिन्छ तर यहाँ आलु जोगाउनका लागि शीत भण्डारको अभाव छ । स्थानीय बजारमा अहिले आलुको थोक बिक्री मूल्य प्रतिक्विण्टल रु एक हजार ६०० देखि एक हजार ७०० सम्म रहेका छन् । 

दैनिकी कामकाज गर्न समस्या 

महोत्तरी औरहीका ४२ वर्षीय सविर अन्सारीलाई खाना खान, पानी पिउनलगायतका दैनिकी कामकाज गर्न समस्या भएको छ । 

गत जेठमा गाउँमै आँप तोड्ने क्रममा रुखबाट खसेपछि घाइते भएका अन्सारी अहिले परनिर्भर भएका हुन् । डाढमा गम्भीर चोट लागेको उनको नशा च्यापिएको छ भने हात र खुट्टाका आँैलालेसमेत कामै गर्न छाडेका छन् । अपाङ्गता भएको अवस्थामा पुगेपछि उहाँकी श्रीमती लतिप्नी खातुनले उहाँलाई निरन्तररुपमा स्याहारसुसार गर्ने काममा व्यस्त हुनुुहुन्छ । “आफू सुकुम्बासी भएकै कारण जेनतेन घरपरिवार चलाउनका लागि मजदूरी गर्ने क्रममा एक दिन संयोग बिग्रियो, दुर्घटना भइयो, हातका औँलाले नै काम गर्न छाडेपछि आफू माटोको मूर्ति झैँ भइयो”, सविरले भक्कानिँदै भन्नुभयो । 

“पहिलेपहिले सिलाइकटाइ गरी गाउँघरमै मजदूरी गरेर जसोतसो घरपरिवार पाल्दै आएका थिए तर अब औँलाले नै काम गर्न छाडेपछि चाहेर पनि केही गर्न नसक्ने अवस्थामा पुगेका छु”, उहाँले भन्नुभयो । अपाङ्गता परिचयपत्रका लागि पmारम भरेको छ महीना बित्दासमेत अहिलेसम्म सम्बन्धित परिचयपत्र पाउन नसकेको श्रीमान्को सेवामा व्यस्त रहेकी उनकी श्रीमती लतिप्नी खातुनले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को उपचारमा रु सात÷आठ लाख खर्च भयो तर उहाँ निको हुन सक्नुभएन । अब ऋण कसरी तिर्ने भन्ने चिन्ता आफूलाई सताइरहेको छ”, उहाँले भन्नुभयो, “एक त उहाँको यस्तो हालत, अर्को घरमा खानका लागि केही छैनन्, त्यसमाथि पनि ऋणको भार । काम गर्ने म एक्लै छु । समस्या नै समस्या छ हजुर ।” 

पहिले पहिले मजदुरी गरेर भए पनि घर परिवार चलाउँदै आएका थिए तर श्रीमान् दुर्घटनामा परेपछि घरपरिवार चलाउन निकै नै मुश्किल भएको लिप्तनी खातुनले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ (श्रीमान्) हिँडडुल गर्न सक्नुहुन्न । उहाँलाई एक्लै छाडेर मजदूरी गरेर पैसा आर्जन गर्ने अवस्था पनि छैन । त्यसमा पनि पाँच वर्षीय छोराको पालनपोषण र घरपरिवार कसरी चलाउने चिन्ताले आफूलाई सताइरहेको छ ।” 

औरही नगरपालिका वडा नंं २ का कार्यालयले सविर अन्सारीलाई हिँडडुल गर्न समस्या नहोस् भनेर एक थान ह्वीलचेयर प्रदान गरेका छन् । जसका कारण ऊ हाल गाउँघरमा घुमफिर गर्दै आएका छन् । वडाअध्यक्ष विनोद पञ्जियारका अनुसार यसभन्दा अगाडि पनि उनीजस्ता सुकुम्बासी घरपरिवारको हकमा वडा कार्यालयले सहयोगात्मक भूमिका निर्वाह गर्दै आएको छ । अब उनी शारीरिकरुपले असक्त रहेकाले उहाँलाई तत्कालका लागि एक थान ह्वीलचेयर प्रदान गरिएको र अगामी दिनमा पनि वडा कार्यालयले सहयोग गरिने वडाध्यक्ष पञ्जियारले प्रतिबद्धता जनाउनुभयो । उहाँको पाँच वर्षीय छोरालाई चाँडै नै पठनपाठनका लागि आफू प्रयासरत रहेको वडाध्यक्ष पञ्जियारले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले