२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदीवेणीधामका शालिग्राम शिला चोर्नेहरु प्रहरी खोरमा

२८ फाल्गुन २०७५, मंगलवार ०१:५२

पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन्। प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका ४ बस्ने २८ बर्षिय कसम पुन, वडा नं. ६ बस्ने २९ बर्षिय सुमन गुरुङ र वडा नं. १० बस्ने ३२ बर्षिय लेखबहादुर नेपाली रहेका छन्। चोरीका मुख्य योजनाकार धादिङको साविक निलाकण्ड गाविस १० घर भई हाल कुश्मा नगरपालिका ५ बस्ने अञ्जान बराईली भने फरार रहेको उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

गोप्य सूचनाका आधारमा कशम पुन चोरीमा संलग्न रहेको थाहा पाएपछि प्रहरीले गत फागुन २६ गते उनको कोठामा छापा मार्दा बिस्तारामा लुकाईराखेको अवस्थामा एक थान शालिग्राम शिला बराममद भएपछि उनलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। पुनकै बयानको आधारमा प्रहरीले अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले बयानका क्रममा फागुन ५ गते राती १ बजेको समयमा नृसिंह मन्दिरको ताला काटेर शालिग्राम चोरी गरेको र जंगलमा लुकाएको बताएका थिए। सोही आधारमा प्रहरीले कुश्मा नगरपालिका ४ मा रहेको कालीगण्डकी छमर्के सामुदायिक बनको जंगलमा ३६ थान शालिग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको हो।

पक्राउ परेकाहरुलाई सोमबार नै जिल्ला अदालत पर्वतमा म्याद थप गरी थप अनुषन्धान शुरु गरिएको छ। उनीहरुले के उद्धेश्यका लागि ती शालिग्राम शिला चोरी गरेका थिए भन्ने बारेमा पनि सोधपुछ भैरहेको प्रहरी नायव उपरीक्षक तिवारीले बताए। उनीहरुले शालिग्राम शिला सहित दान पेटीकामा रहेको ४ हजार रुपैयाँ र शंख पनि चोरी गरेका थिए।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २४२ अनुसार सार्वजनिक स्थल देवालय वा धार्मिक स्थलहरुमा चोरी गर्नेलाई २ देखि ७ बर्षसम्म कैद, २० देखि ७० हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजायँ हुन सक्ने प्राबधान राखिएको छ।

नृसिंह मन्दीर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीका अनुसार चोरी भएका शालिग्राम झण्डै ७ सय बर्ष पुराना रहेको अनुमान गरिएको छ। उनका अनुसार शालिग्राम शिला एउटाकै मूल्य पर्छ भन्ने एकिन छैन्। तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरुले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य