२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदीवेणीधामका शालिग्राम शिला चोर्नेहरु प्रहरी खोरमा

२०७५, २८ फाल्गुन मंगलवार ०१:५२

पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन्। प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका ४ बस्ने २८ बर्षिय कसम पुन, वडा नं. ६ बस्ने २९ बर्षिय सुमन गुरुङ र वडा नं. १० बस्ने ३२ बर्षिय लेखबहादुर नेपाली रहेका छन्। चोरीका मुख्य योजनाकार धादिङको साविक निलाकण्ड गाविस १० घर भई हाल कुश्मा नगरपालिका ५ बस्ने अञ्जान बराईली भने फरार रहेको उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

गोप्य सूचनाका आधारमा कशम पुन चोरीमा संलग्न रहेको थाहा पाएपछि प्रहरीले गत फागुन २६ गते उनको कोठामा छापा मार्दा बिस्तारामा लुकाईराखेको अवस्थामा एक थान शालिग्राम शिला बराममद भएपछि उनलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। पुनकै बयानको आधारमा प्रहरीले अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले बयानका क्रममा फागुन ५ गते राती १ बजेको समयमा नृसिंह मन्दिरको ताला काटेर शालिग्राम चोरी गरेको र जंगलमा लुकाएको बताएका थिए। सोही आधारमा प्रहरीले कुश्मा नगरपालिका ४ मा रहेको कालीगण्डकी छमर्के सामुदायिक बनको जंगलमा ३६ थान शालिग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको हो।

पक्राउ परेकाहरुलाई सोमबार नै जिल्ला अदालत पर्वतमा म्याद थप गरी थप अनुषन्धान शुरु गरिएको छ। उनीहरुले के उद्धेश्यका लागि ती शालिग्राम शिला चोरी गरेका थिए भन्ने बारेमा पनि सोधपुछ भैरहेको प्रहरी नायव उपरीक्षक तिवारीले बताए। उनीहरुले शालिग्राम शिला सहित दान पेटीकामा रहेको ४ हजार रुपैयाँ र शंख पनि चोरी गरेका थिए।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २४२ अनुसार सार्वजनिक स्थल देवालय वा धार्मिक स्थलहरुमा चोरी गर्नेलाई २ देखि ७ बर्षसम्म कैद, २० देखि ७० हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजायँ हुन सक्ने प्राबधान राखिएको छ।

नृसिंह मन्दीर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीका अनुसार चोरी भएका शालिग्राम झण्डै ७ सय बर्ष पुराना रहेको अनुमान गरिएको छ। उनका अनुसार शालिग्राम शिला एउटाकै मूल्य पर्छ भन्ने एकिन छैन्। तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरुले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु