निशुल्क आँखा शिविरबाट २ सय जना लाभान्वीत

Posted on: 24 Mar, 2016

 चैत्र ११पर्वत, जिल्लाको कुश्मा नगरपालिकाको खुर्कोटमा गरीएको निशुल्क आँखा शिविरबाट २ सय भन्दा बढी लाभान्वीत भएका छन् ।      लायन्स क्लब अफ शिवालय र लायन्स क्लब अफ  कुश्मा सिटिको संयुक्त आयोजनामा संचालन गरीएको उक्त शिविरबाट २ सय भन्दा बढीले सेवा लिएका लायन्स क्लबले जनाएको छ । खुर्कोटको हिमालय उच्च माविमा संचालन गरेको निशुल्क आँखा शिविरमा भएको थियो । लायन्स क्लब अफ शिवालयका लायन्स  निर्मल विश्वकर्माको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रमको स्वागत लायन्स क्लब अफ  कुश्मा सिटिकी अजिता शर्माले गरेकी थिइन् ।

उक्त क्षेत्रमा लायन्सले निशुल्क आँखा शिविर संचालन गरी आँखाका   रोगीलाई ठूलो गुन लगाएको हिमालय उमाविका विव्यसका अध्यक्ष जगनाथ रेग्मीले बताए । शिविरमा मोतीया विन्द् लागेका रोगीलाई यहि १४ र १५ गते जिल्ला अस्पातलमा उपचार गरिने समेत आयोजकले जनाएको छ । भने शिविरमा निशूल्क रुपमा औषधी समेत वितरण गरीएको थियो ।  यहि १२ गते लायन्स क्लब अफ शिवालयले जिल्लाको ठूलीपोखरी ,१३ गते लायन्स मोदीकालीको आयोजनामा  क्याङगाविसमा समेत निशुल्क आँखा शिविर संचालन गर्ने जनाएको छ ।भने १४ र १५ गते जिल्ला अस्पातलमा निशुल्क आँखा शिविर हुने लायन्स शिवालयका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी      दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!