२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ युवक गम्भीर घाइते

२०७५, २८ फाल्गुन मंगलवार ०५:४१

श्याम थापा | फागुन २८, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा सुस्ता गाउँपालिकाको दुई युवक गम्भीर घाइते भएका छन ।

कुडियाको चोक देखी बाग्मती खडसारी चिनी मिल कुडियाको गेट तर्फ जादै गरेको लु २ त ३१२९ नम्बरको ट्याक्टरले कुडिया बजार देखी चोक तिर आउदै गरेको यु पि ५६ भि ७९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई युवक गम्भीर घाइते भएको हो । घाइते हुनेमा सुस्ता गाउँपालिका वार्ड न ३ गजेरी टोल बस्ने बर्ष २७ को तारकेश्वर चौधरी र सोही स्थानमा बस्ने बर्ष ३२ को श्रीलाल हरिजन रहेका छन । 

घाइते चौधरीको दुई वटै खुट्टा भाचिएको र छात्तीमा चोट लागेको र हरिजनको एक वटा खुट्टा भाचिएको र छात्तीमा चोट लागेको छ भने घाइतेहरुलाई उपचारका लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाएको प्रहरी चौकी कुडियाका इन्चार्ज राजेश नाउँले जानकारी गराउनु भएको छ । 

सो ट्याक्टरको चालक फरार रहेको र ट्याक्टर भने प्रहरीको नियन्त्रणमा रहेको चौकी इन्चार्ज नाउँले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते