२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सामुदायिक पार्टी घर निर्माण

२०७५, २८ फाल्गुन मंगलवार १०:४८

चिसाङ शेर्पा | फागुन २८, खोटाङ | खोटाङको नुनथला गैरीमा सामुदायिक पार्टी घर निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक वडा नं. ८ स्थित गैरीमा तामाङ र शेर्पा समुदायका लागि व्यवस्थित सामुदायिक पार्टी घर निर्माण भईरहेको हो । 


स्थानीय ३३ घरधुरीबाट प्रतिघर हजार रुपैयाँ संकलन र वडाको ४ लाख ५० हजार आर्थिक सहयोगमा करीव दुइ महिना अघिबाट निर्माणाधिन सामुदायिक पार्टी घरको काम समापन चरणमा आइपुगेको छ । फलामे ट्रस प्रयोग गरी निर्माण गरिएको पार्टी घरमा जस्तापाता लगाउन लगायतका काम बाँकी रहेको तामाङ तथा शेर्पा समुदायको सामुदायिक पार्टी घर निर्माण उपभोक्ता समिति अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो । बिनियोजन भएको बजेटमध्ये जस्तापाता खरीदमा १ लाख ४८ हजार, काँटीमा ९ हजार, फलामे ट्रस खरीदमा २ लाख ४० हजार र ढुंगा, गिटी बालुवामा २६ हजार ५८० खर्च भइसकेको छ । 

बिनियोजन बजेट र स्थानीयबाट संकलन गरेको रकमले जसोतसो उक्त पार्टी घर निर्माण भए पनि शौचालय, पानी, विधुतका लागि रकम अभाव हुने वडा सदस्य ढकराज शेर्पाले बताए । हामी महिला पुरुष अलग–अलग शौचालय, पानी र बत्तीको व्यवस्थापन गर्ने सोचमा छौ । उनले भने, ‘तर बजेट छैन । सम्बन्धित निकाय तथा अन्यबाट सहयोगको अपेक्षा गरेका छौ ।’ पार्टी घर निर्माणका लागि स्थानीय पेमाछिरी शेर्पा र दोर्ची शेर्पाले दुई रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

पार्टी घरमा विवाह, घेवा (मृत्युपछिको अन्त्योष्टि), पार्टी, चाडपर्वमा सामुहिक भोज गर्न सकिनेछ । पार्टी घर निर्माण भइ सञ्चालनमा आएपछि स्थानीयलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । उक्त क्षेत्रमा शेर्पा र तामाङ समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित