<p>फागुन २९, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।<br></p><p>सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको हो । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।</p><p>हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ ।</p>
बझाङमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

