२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि जंगलमा सकुशल भेटिए

२९ फाल्गुन २०७५, बुधबार १५:०३

फागुन २९, खोटाङ । खोटाङमा बेपत्ता भएको १९ महिने बालक २३ घण्टापछि शकुसल फेला परेको छ । मंगलबार बिहान साँढे १० बजे घरबाटै हराएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा फागुन २९, खोटाङ | खोटाङको जंगलमा  बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल भेटिएका छन् ।  हात्तीसारटोलका राजकुमार मगर र सपना मगरको बच्चा एवान मगर बुधबार बिहान ९ बजे जंगलमा भेटिएको हो ।

घरबाटै बेपत्ता भएका हिँडडुल गर्न नसक्ने बालक घरभन्दा २ किलोमिटर टाढा पर्ने भस्लुङपाखामा शकुसल फेला परेको स्थानीय शिक्षक पञ्चुकुमार राईले बताउनुभयो । मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई शेसथुम्कीको पाखामा उत्तिसको घना जंगल र काँडाघारीभित्र चुथ्रोको फेदमा बसिरहेको अवस्थामा फेला पारिएको हो । चुथ्रोको फेदमा शान्तसँग वसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आफन्ततर्फ आएको शिक्षक राईले बताउनुभयो ।

हिँडडुल गर्न नसक्ने बालक घरभन्दा दुई किलोमिटर माथि जंगलको घारीमा भेटिएपछि स्थानीय अचम्मित भएका छन् । बेपत्ता भएको बालक फेला परेपछि अभिभाबक भने खुसी भएका छन् । बालक हराएपछि प्रहरीलाई समेत खबर गरिएको थियो ।

आमा कामका लागि बारीमा गएकाबेला बालकलाई हजुरबाको हेरचाहमा छाडिएको थियो । हजुरबा काम बिशेषले केही छिन घर बाहिर गएर फर्कँदा बालक राखेको ठाउँबाट बेपत्ता भएको आफन्तको भनाई छ ।

बालकको खोजीका लागि स्थानीयको तीन वटा समुह परिचालन गरिएको थियो । बालक हराएको खबर आएपछि प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

स्वास्थ्य जाँच गर्दा पनि बालकको अवस्था सामान्य रहेको जानकारी आएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य