२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाल बन्दले विद्यालय स्तरिय परीक्षा प्रभावित

२०७५, ३० फाल्गुन बिहीबार ०९:५५

स्वस्तिका शाही | फागुन ३० मुगु | नेपाल कम्यूनिष्ट पाटी(विप्लव)ले आज गरेको नेपाल बन्धका कारण मुगु जिल्लाका विद्यालयहरुमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ ।

नेकपाको जिल्ला कमिटीले ३० गतेको बन्ध सफल बनाउन भन्दै विद्यालयहरुमा संचालित परिक्षा र विद्यालय बन्ध गर्न पत्र सहित धम्की दिएपछि विद्यालयहरुले परिक्षा संचालन गर्न नसकेका हुन ।

मुगु जिल्लामा रहेका चारवटै स्थानिय तहहरुमा रहेका १४१ विद्यालयहरु मध्य खत्याड गाँउपालिका बाहेक अन्य ३ स्थानिय तहहरुमा रहेका विद्यालयहरुमा गत २६ गतेबाट विद्यालय स्तरिय परिक्षा संचालित हुदै आएको छ ।

सोरु गाँउपालिका,मुगुम कार्मारोङ्ग गाँउपालिका र छायाँनाथ रारा नगरपालिकामा आज रहेका विद्यालयहरुमा नेकपाले पत्र र फोन गरेर बन्ध गर्न

धम्की दिएपछि परिक्षा संचालन हुन नसकेको आफुलाई जानकारी आएको शिक्षा विकास तथा समन्वय ईकाई मुगुका प्रमुख सुर्य बहादुर खत्रीले बताउनु भयो ।

बन्धको कारणले विद्यालय आज परिक्षा दिन विद्यार्थीहरुको उपस्थिती न्यून भएकोले आफुहरुले विद्यालय स्तरिय परिक्षा संचालन गर्न नसकेको सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयका निमित्त प्रअ खड्क बहादुर रोकायाले बताउनु भयो ।

कुनै विद्यालयले परिक्षा संचालन गरेमा प्रश्नपत्र बाहिरीने भएकाले पनि आजको परिक्षा संचालन हुन नसकेको हो ।

उता खत्याड गाँउपालिकामा रहेका संचारकर्मी सुमन मल्ले दिएको जानकारी अनुसार त्यहाँ पनि स्थानिय तहका सबै कार्यालय र विद्यालयहरु र

स्थानिय बजार पुर्णरुपमा बन्ध भएका छन भने  सोरु गाँउपालिकामा सरकारी कार्यालय र विद्यालयहरु पनि पुर्णरुपमा बन्ध भएको शिक्षक नवराज बुढाले जानकारी गराउनु भयो । जिल्ला सदरमुकाममा रहेका बजार व्यापारिक पसल,विद्यालय,बैकिङ्ग र गैर सरकारी संघ सस्थाका कार्यालयहरु पनि पुर्ण रुपमा विहानै बाट बन्ध रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते