११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली र बर्दियाबीच सीमा विवाद

३० फाल्गुन २०७५, बिहीबार १५:०९

फागुन ३०, भजनी | सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो भन्ने कुरा यकिन हुन नसक्दा विवाद देखिएको हो । 

टीकापुर नगरपालिका–८ र राजापुर नगरपालिका–१ को सत्ती क्षेत्रमा सीमा विवाद उत्कर्षमा पुग्न थालेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावललेसीमा विवादको समस्या विगतदेखिकै भएको बताउनुभयो । “पहिला सबै ठेक्का जिल्लाबाट हुन्थ्यो, अहिले स्थानीय तहबाट हुने भएकाले सिमाना खोज्न थालिएको हो”, प्रमुख रावलले भन्नुभयो, “काम गर्दा पहिला नदीको धारलाई आधार मानेर पनि काम हुन्थ्यो । तर, नदीको धार वर्षेनी परिवर्तन भइरहँदा पनि विवाद देखिएको हो ।” 

प्रमुख रावलले कर्णाली नदी पारी टीकापुर नगरपालिका–८ श्रीलङ्कालाई पनि बर्दियाले आफ्नो भनिरहेकाले विवाद झनै बढ्ने भन्दै यो विवाद समाधानका लागि जिल्ला समन्वय समिति गम्भीर बन्नुपर्ने बताउनुभयो । 

उहाँले यसमा प्रदेशको सिमानासमेत जोडिएकाले दुवै प्रदेश गम्भीर भई समस्या समाधान गर्नुपर्ने बताउँदै आफ्नो भू–भागमा कसैले हस्तक्षेप गरे त्यो सह्य नहुने बताउनुभयो । त्यस्तै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सिमानामा समस्या देखिएको स्वीकार गर्नुभएको छ । “कर्णाली नदीबीचको भाग हामी बर्दियाको हो भनिरहेका छौँ टीकापुरले आफ्नो भनिरहेको छ”, प्रमुख चौधरी भन्नुभयो, “यो दुई नगरपालिकाको मात्र समस्या नभई जिल्लाको र प्रदेशको सिमानासँग पनि जोडिएकाले यसको टुङ्गो जिल्ला र प्रदेशले लगाउनुपर्छ । आफ्नो सीमाका लागि हामीपछि हट्ने छैनौँ ।” 

हाल ढुङ्गा, गिट्टी र बालुवा निकाल्नका लागि भन्दै दुवै नगरपालिकाले आइइइ रिपोर्ट बनाइ छुट्टाछुट्टै ठेक्का दिएका छन् । कर्णाली नदीको टीकापुर क्षेत्रको भागमा टीकापुरका ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् भने बर्दिया क्षेत्रको भू–भागमा बर्दियाका ठेकेदारले उत्खनन गरेका छन् । 

नदीको बीचको भागबाट कस्ले ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने भन्नेमा विवाद देखिएपछि राजापुर नगरपालीकाले सत्ती पुल क्षेत्रमा कुनै सहमति नभएसम्म ढुङ्गा, गिट्टी र बालुवा ननिकाल्न सूचना नै निकालेको छ । दुवै तिरको ठेकेदारले आफ्नो मनोमानीरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा वर्षाको समयमा बस्ती तथा कृषियोग्य जमीनसहित कैलाली त बर्दिया जोड्ने सत्ती पुलसमेत जोखिममा परेको छ । 

साथै ठेकेदारले कर्णाली नदीमा बाँध बाँधी ढुङ्गा, गिट्टी, बालुवा निकाल्नुका साथै बर्दियाका ठेकेदारले टीकापुरतिर, टीकापुरका ठेकेदारले बर्दियातिर नदीको बहाब फर्काउने भएका कारण समस्या झनै बढ्न सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा