आँखा शिविरबाट ३ सय लाभान्वीत

Posted on: 26 Mar, 2016

पर्वत चैत्र १३ गते । लायन्स क्लब अफ शिवालयको आयोजना पर्वतको ठूलीपोखरीमा भएको निशुल्क आँखा शिविरबाट तीन सय जना भन्दा बढी लाभान्वीत भएका छन् । लायन्स शिवालयको आयोजना र हिमालय आँखा अस्पातल पोखराको प्राविधिक सहयोगमा भएको उक्त आँखा शिविरबाट ठूली पोखरी र आसपासका गाविसका गरी तीन सय भन्दा बढीले सेवा लिएको लायन्स क्लबले जनाएको छ । उक्त शिविरमा १२ जना मोतिया विन्दु भएका व्यक्ति भेटिएको समेत आयोजक लायन्सले जनाएको छ । क्लबका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एरिया कोर्डिनेटर लेखनाथ उपाध्याय, डिस्ट्रीक मेम्बर डा. चुडामणी शर्मा, डाइरेक्टर डिल्लीराम शर्मा लगाएतले बोलेका थिए । यसैविच लायन्सकै आयोजना  कुश्मा पनि आइतबार जिल्ला अस्पातलमा आँखा शिविर र मोतीया विन्दु लागेका विरामीको सोमबार अप्रेशन समेत हुन लागेको लायन्सले जनाएको छ ।

निशुल्क आँखा शिविरबाट २ सय जना लाभान्वीत

यस बिषयमा तपाइको प्रतिक्रिया...!