२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरोकारवालाको प्रतिवद्धता: बालमैत्री वडा घोषणा

२०७५, २ चैत्र शनिबार ११:१८

माधव बेल्वासे | चैत्र २, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन । सनिवार वडा न १ को आयोजनामा रहेको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले हस्ताक्षर गरेर बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन ।


यस शिवराज नगरपालिका वडा १ मा बालमैत्री स्थानिय शासन अवलम्वन घोषणा तथा यसको निरन्तरताका लागी हामी यस वडाका सम्पुर्ण सरोकारवालाहरुले प्रतिवद्धता गर्दछौ लेखेको व्यानरमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसीले शिवराज नगरपालिकालाई वालमैत्री नगर घोषणा गर्नुपर्ने वताए ।कपिलवस्तु जिल्ला धेरै कुरामा पछाडी रहेकोले अव नागरिक सचेत हुनुपर्नेमा जोड दिए । वालवालिका भोलीका कर्णदार रहेकोले वालश्रम,वालविवाह जस्ता अपराध गर्ने छुट कसैलाई नरहेको वताए ।

विदेशि देशहरुमा वालवालिकाका हिंसा गर्न नपाउने भएपनि नेपाल मा भने बालवालिका प्रतिको व्यावहार परिवर्तन नआएको वताए । गाउँलाई स्वस्थ्य सफा राख्न सवै लाग्नुपर्ने भन्दै अव अभिभावकले वालवालिकाको अवस्था बारे ख्याल गर्नुपर्ने वताए । “हाम्रो समाजमा छोरीलाई नियन्त्रणमा राख्ने तर छोरालाई ख्याल नगर्दा मदिराजन्य पदार्थ सेवनले समाजमा विकृति सिर्जना भएको छ ”उनले भने — अव आमावुवाले छोरीको मात्र होइन छोराको पनि ख्याल राख्नपुपर्छ । बालबालिकासँगको सहकार्यमा मात्रै बालमैत्री वडा सम्भव हुने भन्दै सो बातावरण वडास्तरमा बनाउन सांसद केसीले सुभाव दिए ।  शिवराज नगरपालिका विभिन्न जातजाति बसोवास गर्ने ठाउ रहेकोले सामाजिक सदभाव आवश्यक रहेको वताए । वालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहदा स्थानिय नागरिकहरु पनि यस अभियानलाई सफल पार्न लाग्नुपर्ने वताए ।

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शिवराज ९ लाई वालमैत्री वडा घोषणा गरेर अभियान सुरु गरेको जनाए । शिवराज नगरपालिका वडा १,२ वडा अन्तिम चरणमा रहेको भन्दै यस पश्चात शिवराज नगरपालिकाका अन्य वडालाई पनि वालमैत्री वडा घोषणा गर्ने जनाए । बालवालिकाको हक अधिकार सुनिश्चित गर्न नगरपालिकाले प्रयास गरिरहेको वताउदै मधेशि समुदायमा केहि जटिल रहेको वताए । 

वडा न १ का वडा अध्यक्ष जगत वहादुर जिसिले वडा स्तरिय समिति गठन गरेर वैसाख महिना भित्र वडालाई वालमैत्री वडा बनाउने घोषणा गरे । स्वेयमसेवक,वालक्लव,युवाक्लव,आमा समुह लाई परिचालन गरि गाउँ गाउँमा सन्देश पुरयाउने काम भइरहेको जिसिले जनाए । शिवराज नगरपालिका वडा न १ लाई  चैत्र मसान्त सम्म बाल मैत्री वडा स्थापना गर्ने योजना बनायता पनि समपुर्ण सुचकहरु पुरा गर्दै जादाँ केही समय लम्बिएको बताउदै अब  वैसाख १५ सम्म घोषण हुने जनाए ।बाल मैत्री वडा स्थापित गर्ने क्रममा प्रत्येक घरघरमा गएर सर्वेक्षण गरिने जिसीले वताए । सवै  सुचकलाई अनिवार्य पुरा गरेर सवैको सहयोगमा वडालाई बालमैत्री वडा बनाउने उद्धघोष गरे । कार्यक्रममा बालमैत्री स्थानीय शासन, यसको अवधारणा, आवश्यक्ता, चरण, कानून लगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने