२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मिर्गौला फेल भएका झलकलाई ५२ हजार आर्थिक सहयोग

३ चैत्र २०७५, आईतवार ०९:०८

चैत ३, खोटाङ | दुबै मिर्गौला फेल (ड्यामेज) भएका झलकमान तामाङलाई आर्थिक सहयोग प्राप्त भएकोे छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकको परिवारले सहयोगको अपिल गरेपछि मलेसियाबाट दोश्रो पटक सहयोग जुटेको हो । मिर्गौला फेल भएपछि डायलायसिस गर्दै जीवन मरणको दोसाधमा रहेका ३३ वर्षीय तामाङको उपचारार्थ रोजागरीको सिलसिलामा मलेसियामा रहेका नुनथलाका साजन तामाङ र च्यास्मीटारका झलक तामाङकोे पहलमा ४९ हजार ४४४ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बिरामीका आफन्त सुबास तामाङले बताए । प्राप्त सहयोग रकम विरामीका श्रीमतीको हात परिसकेको छ ।

यस्तै, साविक नुनथला ९ का सिताराम तामाङ र सागर तामाङबाट तीन अहजार आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मिर्गौला फेल भइ गत पुस महिनादेखी राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाण्डौमा हप्तामा दुइ पटक डायलायसिस गराइरहेका उनका परिवालाई जटिल आर्थिक समस्या परेपछि परिवार र आफन्तले विभिन्न माध्यमबाट सवैसँग सहयोगको याचना गरिरहेको छ । परिवार तथा आफन्तले आ,आफ्नो स्थानबाट पनि सहयोग रकम संकलन गरिहरेका छन् ।

फेल भएको मिर्गौला दुइ पटक डायलायसिस गर्दा ६ हजार खर्च हुने गरेको छ । डायलायसिसमा बसेका बिरामीले बिशेष औषधी (इपिओ), अस्पताल आवतजावत, अन्य औषधीमा धेरै खर्च लाग्ने र आर्थिक हिसावले परिवारिक अवस्था कमजोर भएकाले ‘झलकमान’ बचाउनका निम्ति सहयोगको अपिल गरिएको हो । कमाइ गर्ने मान्छे नै थला परेपछि श्रीमतीसहित छोराछोरीको विचल्नी हुने अवस्था छ । श्रीमतीको समेत टाउकोमा नशा सम्बन्धि समस्या छ । श्रीमतीले पनि नियमित औषधी सेवन गरिरहनु भएको झलकका बहिनी प्रतिमा तामाङले बताइन् । ‘श्रीमतीसहित छोराछोरी पढाउनका काठमाण्डौ जानु भएको दाइमा मिर्गौलाको समस्या आयो । अहिले छोराछोरीको न पढाइ छ । बरु परिवारमा विजोग छ । डायलायसिसका लागि काठमाण्डौका विभिन्न अस्पताल चार्हानुपर्ने पिडा छ । एकातिर भएभरको सम्पत्ती सकिसक्यो । अव के गर्ने ।’ उनले सुनाइन् ।

बालबच्चालाई कुनै बोर्डिङ अनि श्रीमतीलाई सुखसयलमा राखेर आफ्नोसहित छोराछोरीको भविष्य उज्ज्वल बनाउने समयमा विभिन्न अस्पताल चार्हादै मर्दै बाच्दै गरेका झलकमानलाई विभिन्न माध्यमबाट सहयोग गर्न सकिने पारिवारीक स्रोतले जनाएको छ । झलकलाई सहयोग गर्नेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर तथा प्रभु बैंकमा रहेको खाता नम्बर ०४२०१००११८९८६१०००००१ मा सिधा रुपमा आर्थिक सहयोग गर्न सकिनेछ । मानव सेवा नै धर्म हो भन्दै झलकमान बचाउ महाअभियानमा सबैलाई सामेल हुन परिवारको अनुरोध छ ।

मिर्गौलाका बिरामीले दुइ तरिकाबाट नयाँ जिबन जिउन पाउने केन्द्रका मिर्गौला रोग बिशेषज्ञले बताएका छन् । रोगी तामाङले (सिएपिडि) माध्यमबाट घरमा नै बसेर डायलासिस गराउन सक्छन् जुन गर्दा महिनाको तीस हजार देखी पैतिस हजार लाग्नेछ । र, नेपालमै मिर्गौला प्रत्यारोपण गरेमा ५ लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गर्नुपरेमा नेपालमा भन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । मिर्गौला रोगी तामाङको डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु¥याइ जीबन जोगाउने अभियानमा सवै पक्षको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । मिर्गौलाका बिरामी तामाङको एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य