टेकेन्द्र बोहरा | चैत ३, बझाङ | “स्वाथ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद“ भन्ने मुल नाराका साथ आईतवार बझाङको बिथ्थडचिर गाँउपालीकामा होली बिशेश क्रार्यक्रम उद्घाटन भएको छ ।

बिथ्थडचिर गाँउपालीकाको आयोजनामा नेपाल क्योकुशिन बझाङले जिल्लाको दुर्गम गाँउपालीकामा होली बिशेष कार्यक्रम उदघाटन गरेको हो ।

खेलकुद बिकास र बिस्तार संगै बालबालिका , युवायुवतीलाई खेल प्रति आकर्षित गरि स्वच्छ समाज निर्माण गर्न होली बिशेश कार्यक्रम सञ्चालन गरेको के,डव्लु एफ , नेपालका केन्द्रीय अध्यक्ष पुस्पलाल रोकाया (ज्वाला)ले बताए ।

कार्यक्रमको सभापतीत्व के,डब्लु, एफ नेपाल बित्थडचिर गाउपालीका प्रशिक्षक केशव बोहरा रहेका थिए ,भने प्रमुख अतिथि बित्थडचिर बिथ्थडचिर गाँउपालीका . वडा नँ २ वडा अध्यक्ष मान बहादुर बोहरा रहेका थिए ।

कार्यक्रममा पुर्ब स्याडी गाविस अध्यक्ष लगायत बिभिन्न खेल प्रति आस्थावान खेलाडी लगाएत हजारौ दर्षक हरुको उपस्थिती रहेको थियो । कार्यक्रम आईतवार वाट सुरु भई यही चैत्र ६ गते सम्म सन्चालन हुनेछ ।

बझाङको बित्थडचिरमा गाउपालीकामा केडब्लुएफ नेपालको होली बिषेश कार्यक्रम उदघाटन
Leave a Comment