२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका तीन स्थानमा निःशुल्क आँखा शिविर

२०७५, ४ चैत्र सोमबार ०८:५८

चिसाङ शेर्पा | चैत्र ४, खोटाङ | नेत्र रोगीहरुका निम्ति जिल्लाको तीन स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मोतीबिन्दु, जलबिन्दु, खस्रेरोग(आँखाको परेलाले घोचेर घाँउ हुने रोग), रेटिना (आँखाको पर्दा फाटेर रक्तश्राप हुने रोग), रतन्धो, कलर ब्लाइन्ड (दृष्टिदोष), आँखाको अल्सर, आँखामा आँसु जम्मा हुने लगायत असंख्य आँखाका रोगीहरुका लागि शिविर संञ्चालन हुने भएको हो ।


सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ खोटाङको आयोजनामा चैत्र १९ गतेदेखी २७ गतेसम्म तीन स्थानीय तहमा शिविरको आयोजना गरिने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । केपीलासगढी गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी बाक्सिलामा चैत्र १९–२०, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत आँखा उपचार केन्द्र दिक्तेलमा चैत्र २२–२४ र हलेसी तुवाचुङ नगरपालिका अन्तरगत हलेसीको आँखा उपचार केन्द्रको भवनमा २६–२७ गतेसम्म शिविर संञ्चालन गरिने नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताए ।

तीन स्थानको शिविरमा अनुमानित ४ हजार २३५ जना आँखा रोगीको आँखाको जाँच, औषधि वितरण, मोतीबिन्दुको शल्यक्रिया, शल्यक्रिया भएका युवा तथा प्रौढलाई शःशुल्क चश्मा वितरण, ज्येष्ठ नागरिकलाई निःशुल्क दृष्टि चश्मा वितरण, बालबच्चा र फरक क्षमता भएकाहरु लगायत अन्य सेवाग्राहीलाई आवश्यकता अनुसार आँखा जाँच, शल्यक्रिया, औषधि तथा चश्मा वितरण गरिने छ । ज्येष्ठ नागरिकका हकमा भने सम्बन्धित नगरपालिका तथा गाउाँपालिकाको सहयोगमा निःशुल्क चश्मा वितरण गरिनेछ । २०६० बैशाख १५ गते जिल्लाका समाजसेवी तथा विकासप्रेमीहरुको साझा प्रयासबाट आँखाका रोगबाट पीडित बिरामीलाई आँखा उपचार सेवामा केही गर्न सकिन्छ भन्ने विश्वासका साथ संस्थागत रुपबाट अगाडी बढेको संघले दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र स्थापना गरी प्रभावकारी सेवा प्रदान गरिरहेको छ ।

वार्षिक रुपमा शिविरको आयोजना गर्दै आएको संघले हालसम्म जिल्लामा २० पटक भन्दा बढी निःशुल्क आँखा शिविर सञ्चालन गरी १५ सय ८५ जना भन्दा बढीको मोतिबिन्दु रोगको सफल शल्यक्रिया गरी १५ हजार जना बढीको नेत्र विशेषज्ञबाट आँखा जाँच गरी आवश्यकता अनुसारको औषधि तथा चश्मा वितरण गरी सकेको नेत्र ज्योति संघ खोटाङले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित