२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुर्तीजन्य सेवनको डरलाग्दो तथ्य

१५ चैत्र २०७२, सोमबार ०४:०७

पछिल्लो समयमा मानिसहरु सुर्तीजन्य पदार्थ पान, कुड्का खैनी, सुर्ती लगाएका बस्तुहरुको अत्याधिक सेवन गर्ने गरेको पाइन्छ । सुर्तीजन्य पदार्थलाई आफ्नो साथीको रुपमा वा चिन्ता परेको वा विभिन्न बहानामा यसको प्रयोग गरीरहेका हु्न्छन् जसका कारण पनि नेपालमा झण्डै आधा जनसंख्याले सुर्तिजन्य पदार्थ खाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ । कसैले बाध्यता र समस्याबाट मुक्त पाउनको लागि त कसैले साथीभाईको इशारामा यस्ता बस्तु प्रयोग गर्ने गरेको पाइन्छ ।

अझ बनौं पछिल्लो समयमा युवा पुस्तामा चुरोट खैनी सेवन गर्नु स्मार्ट बन्नु हो भन्दै यसको प्रयोग गरेको र कुलतमा फसेको पनि पाइन्छ ।  चुरोट खैनी जस्ता सुर्तीजन्य पदार्थ खाएर नेपालमा दैनिक झण्डै ५० जनाको ज्यान जाने डरलाग्दो तथ्य छ तर पनि मानिसहरु यसको प्रयोग गर्न अझै छाडेका छैनन् । एक दिनमा ५० जनाले चुरोट खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवनबाट आफ्नो ज्यान गुमाएका छन् भने एक बर्षमा १८ हजार २ सय ५० जनाले आफ्नो ज्यान गुमाएका छन् । जसमा  ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थ खाँदा लाग्ने नसर्ने रोगका कारण हुने मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत रहेको छ । यसरी सुर्तीजन्य पदार्थको सेवनबाट आफ्नो जिवन अकालमा जाँदा पनि मानिसहरु अझै पनि सुत्र्तीजन्य पदार्थको सेवन गर्नको लागि छाडेका छन् ।

यस्ता बस्तुको प्रयोगबाट न त स्वास्थ्यका लागि फाइदाजनकनै छ न त धनसम्पत्तीको बजतनै हुन्छ तर पनि मानिसहरु पैसा तिरेरनै मृत्युलाई किनिरहेका छन् । सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी गराउनको लागि विभिन्न तरीका अपनाएता पनि सोही जनतामा परिर्वतन भने हुन सकेको छैन । सुत्र्तीजन्य बस्तुको प्रयोगबाट मानिसको ज्यान त लिन्छनै मानिसको बाँचुन्जेल सम्म पनि त्यसले इज्जतमा दाग लगाउने काम गर्छ यस्ता बस्तुको प्रयोग गर्नेलाई निरुत्साहीत गर्नको लागि सरकारले सुर्तीैज्य बस्तुको उत्पादन हुने कलकारखाना तथा कम्पनीलाई भारीरुपमा कर लगाउनुपर्छ र बस्तुको मुल्यपनि अत्याधिक बनाउनुपर्छ । मुख, गिजा, ओठ, आन्द्रा, फोक्सो लगाएतका अनगिन्ती संबेदनशील अंगमा क्यान्सर उत्पन्न गराउने यस्ता बस्तुको प्रयोग नगर्न नेपाली आफै सचेत हुनु पनि जरुरी छ । बेलैमा होस नपु¥याए आफ्नो जीवनको अन्त्य त कलिलै उमेरमा हुन्छ परिवारको समेत विचल्ली हुन्छ त्यसैले यस्ता बस्तुको प्रयोग रोक्नको लागि स्वास्थ्य मन्त्रालयले गम्भीररुपमा चाँसोका विषयमा लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड