शान्ती समीतीको सकारात्मक सोच तालिम सकीयो

Posted on: 28 Mar, 2016

-महेन्द्र जिसी

शान्तीका लागि सहकार्य  र  सबैका लागि सम्मान भन्ने नाराका साथ दुई दिने तालिम  आईतबार सकीएको छ ।   स्थानीय शान्ती समीतीको आयोजनामा  जिल्ला  भरका ३२ गाविसका स्तरीय शान्ती समीती संयोजकहरुलार्ई  दिइएको क्षमता विकास सम्बन्धि  तालिम  सकीएको हो । शनीबार देखी शुरु भएको तालिममा  संयोजकहरुलाई ग्रामीण भेगमा रहेर शान्ती र सहकार्यका लागि  संयोजकहरुमा सकारात्मक सोचको गराउन तालिमको आयोजना गरिएको जिल्ला संयोजक मनोहर वि पौडेलले जानकारी दिनुभयो । तालिममा सहभागिहरुलाई  जिवनमा सकारात्मक सोचको  आवश्यक ,सोचको  रुपान्तरण र रुपान्तरणका लागि योजना ,र आम  मानीसका सभावका बारेमा जानकारी गराइएको हो । सहभागिहरुलाई आम मानीसमा देखीने सृजनात्मक  चुनौती सामना गर्ने , परिकल्पना गर्ने मित्रताको चाहाना देखाउने जस्ता  सभाव  र तीनका प्रभावका बारमा जानकारी गराईको हो ।

सहभागिहरुले समीतीले दुई दिन सम्म तालिममा सहभागि गराएर आँफुहरुमा सकारात्मक सोचको विकास गराएको बताएका छन । उनिहरुले स्थानीय स्तरमा रहेर समीतीमा रहेर शान्ती र पुर्ननिमार्णमा राज्य लागि परेका कारण आँफुहरु पनि सकृय बन्नु परेको सहभागि बताएका छन ।  तालिममा  मानीसका वीचार वानी , प्रयोग गर्ने शब्द ,चरित्र , कर्म र  नियतीकाबारेमा  चर्चा गरीने सहजकर्ता  गैरसरकारी महासंघ कास्कीका अध्यक्ष  गोपाल खडकाले  प्रकाश पार्नुभएको हो ।समाजमा दिगो  शान्ती स्थापना हुने र परिवारमा शान्ती तथा मैत्रीपुर्ण  भाव राख्न तालिम फलदायी भएको  खडकाले जनाउनु भयो । शान्ती समीती संयोजक मनोहर वी पौडेलको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन सचिव किसोर सुवेदीले गुर्नभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!