२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

२०७५, ५ चैत्र मंगलवार १०:५१

चैत ५, सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन गरिबसेका हकलाई गत फागुन २५ गते पसलबाट घर फर्कने क्रममा बाटाबाटै अपहरण गर्न खोजिएको थियो । अपहरण गरी भारततर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेको र आफ्नो ज्यान जोगिएको हकले बताउनुभयो । सीमा सुरक्षा बलका भारतीय प्रहरीले समेत सो कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । 

पसल बन्द गरी मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले बताउनुभयो । “अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको थियो, गम्छाले हात बाँधेर डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको टोलीका कारण म जोगिएँ”, उहाँले भन्नुभयो । कुटपिटबाट घाइते हकको पिँठ्युभरि निलडाम लागेको छ भने टाउको फुटेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइनुभएका हकको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु