२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गर्भवतीको घरमा ‘निलो झण्डा’

२०७५, ५ चैत्र मंगलवार १४:३७

माधव बेल्वासे | चैत्र ५, कपिलवस्तु | शिवराज नगरपाकिा १ शिवपुर स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखिएको छ । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा रािखएको हो । स्वास्थ्य चौकी अन्तरर्गत रहेका ६० जना गर्भवति महिलाहरुलाई सो झण्डा वितरण गरिएको हो ।

गर्भवती महिला सुत्केरी र नहुन्जेलसम्म गर्भजाँच सेवामा प्रोत्साहन, सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचान र योजना निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए । मंगलवार एक कार्यक्रमको आयोजना गरि उक्त झण्डा वितरण गरिएको हो ।


गर्भवति पहिचान घर कार्यक्रम शिवराज नगरपालिका १ शिवपुर लेखेको झण्डा गर्भवतीको घरमा राखीने छ । जसवाट सजिलै थाहा हुनेछ यो गर्भवति महिलाको घर हो भन्ने ।

गर्भवति महिलाको पहिचानको लागी पनि यो कार्यक्र आयोजना गरेको प्रमुख ईन्चार्ज पौडेलले वताए । “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ”उनले भने – यो अभियानले घरमा सुत्केरी गराउनेको सख्या पनि घट्ने छ ।

शिवराज नगरपालिका वडा  १ ले शिशु र आमाको मृत्युदर घटाउनको लागी पहिलो चरणको कार्यक्रम अन्तरगत गर्भवति महिलाको घरमा निलो झण्डा राख्ने कार्यक्रम राखिएको वडा अध्यक्ष जगत जिसिले वताए । झण्डाले घर पहिचान गर्ने र स्वास्थ्य कर्मीलाई पनि घरमै गएर सेवा दिन सक्ने सहज हुने जेसीले विश्वास व्यक्त गरे ।

दुर्गम गा्रमीण भेगमा आर्थिक अभाव जनचेतनाको कमी र रुढीवादी परम्पराले गर्दा घरमै सुत्केरी गराउदा आमा र शिशुलाई जोखिम हुने भएकाले झण्डा मार्फत घर पहिचान गरेमा स्वास्थ्यकर्मी ले विशेष प्राथमिकता दिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत शेषकान्त पौडेलले वताए । गर्भवतिको घरमा निलो झण्डा राखी उपचार तथा हेरचाहमा पद्धती सुदृढ हुने विश्वास व्यक्त गरे । पटक पटक स्वास्थ्य स्वेयम सेविकाहरुले आफ्नो क्षेत्रमा रहेका गर्भवति महिलाहरुलाई परार्मश तथा स्वास्थ्य अवस्था वारे वुझ्ने गरेको चौकी ईन्चार्ज पौडेलले वताए ।

शिवपुर स्वास्थ्य चौकी अन्तरगत घरमा सुत्केरी गराउनेको सख्या सुन्य रहेको भएपनि जनचेतना तथा परामर्श दिन आवश्यक रहेको वताए । ६० जना वढी सहभागी भएको अभिमुखीकरण कार्यक्रममा महिलाहरुले गर्भवति अवस्थामा विशेष ख्याल गर्नुपर्ने वताए । उमेर नपुगी गर्भवति भएमा ठुलो समस्या देखिने भएकाले आमा शिशुको अवस्था स्वास्थ्य राख्न आफु र परिवार सचेत हुनुपर्ने वताए ।

गर्भ अवस्थामा नियमित स्वास्थ्य जाच गर्नुपर्ने  र हरेक वार खाना चार, टिटि सुई लगाएत अत्याधिक पानि खानुपर्ने वताए । सामान्य अवस्था भएपनि घरमा वच्चा जन्माउदा खतरा हुन सक्ने भएकोले स्वास्थ्य सस्थामै सुत्केरी गराउन सुझाव दिए ।

शिवपुुर स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७४।७५मा ४ सय ८२ जनाले प्रसुती गराएका छन । यस आर्थिक वर्षको फागुन सम्म २ सय ७६ जनाले प्रसुती गराएको ईन्चार्ज पौडेलले वताए । स्वास्थ्य चौकीमा प्रसुती गराएमा यातायात खर्च १ हजार नियमित गर्भ जाच गराएमा ८ सय र न्यानो झोला प्रत्साहन स्वरुप दिने गरेको पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने