२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

विप्लवको कार्यकर्ता भन्दै प्रहरीद्वारा निर्घात कुटपिट

२०७५, ५ चैत्र मंगलवार १४:३९

कमल घिमिरे।चैत्र५।पाँचथर, पाँचथरको फिदिममा विप्लवको कार्यकर्ता भन्दै स्थानीयवासि र ड्राइभरलाई प्रहरीले निर्घात कुटपिट गरेको छ।

 फिदिम नगरपालिका वडा नं.१ बाट वडा नं. ११ नांगिन तर्फ चाउचाउ बोकेर जाँदै गरेको कञ्चनजङ्घा इन्टरप्राइजेजको गाडिको चालक र सहचालकलाई प्रहरीले कुटपिट गरेको हो । पिपलबोटे उकालो बाटोमा प्रहरीले गाडि रोकेपछि गाडि मास्तिर तेर्सो बाटोमा रोक्दा प्रहरीले कुटपिट गरेको बताइएको छ । स्थानीय दिपक फुयेललाई पनि प्रहरीले कुटपिट गरेको छ। डिलरको गाडी हो विप्लवका कार्यकर्ता होइनन् भनेर सम्झाउदा फुयेललाइ पनि प्रहरीले कुटपिट गरेको पिडित बताउँछन् ।

प्रहरी हवल्दार टिका बहादुर बस्नेत को नेतृत्वमा रहेको ३ जना प्रहरी भएर गाडिको चालक भिम वि.क. , सह चालक जिवन लावर र स्थानीयवासि दिपक फुयेललाई घुडा टेकाएर ज्याकेट फुकालेर बन्दुक देखाउँदै कुटेको पिडितको भनाइ छ । पिडितको शरिरका विभिन्न भागमा घाउ र निलडाम रहेको छ।  स्थानीयवासिन्दाले घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएपछि  पिडित र कुटपिट गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको लागि ल्याइएको छ। छानबिन गरि दोषीलाई कानुन बमोजिम कारबाही गरिने पाँचथर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित