४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

विप्लवको कार्यकर्ता भन्दै प्रहरीद्वारा निर्घात कुटपिट

५ चैत्र २०७५, मंगलवार १४:३९

कमल घिमिरे।चैत्र५।पाँचथर, पाँचथरको फिदिममा विप्लवको कार्यकर्ता भन्दै स्थानीयवासि र ड्राइभरलाई प्रहरीले निर्घात कुटपिट गरेको छ।

 फिदिम नगरपालिका वडा नं.१ बाट वडा नं. ११ नांगिन तर्फ चाउचाउ बोकेर जाँदै गरेको कञ्चनजङ्घा इन्टरप्राइजेजको गाडिको चालक र सहचालकलाई प्रहरीले कुटपिट गरेको हो । पिपलबोटे उकालो बाटोमा प्रहरीले गाडि रोकेपछि गाडि मास्तिर तेर्सो बाटोमा रोक्दा प्रहरीले कुटपिट गरेको बताइएको छ । स्थानीय दिपक फुयेललाई पनि प्रहरीले कुटपिट गरेको छ। डिलरको गाडी हो विप्लवका कार्यकर्ता होइनन् भनेर सम्झाउदा फुयेललाइ पनि प्रहरीले कुटपिट गरेको पिडित बताउँछन् ।

प्रहरी हवल्दार टिका बहादुर बस्नेत को नेतृत्वमा रहेको ३ जना प्रहरी भएर गाडिको चालक भिम वि.क. , सह चालक जिवन लावर र स्थानीयवासि दिपक फुयेललाई घुडा टेकाएर ज्याकेट फुकालेर बन्दुक देखाउँदै कुटेको पिडितको भनाइ छ । पिडितको शरिरका विभिन्न भागमा घाउ र निलडाम रहेको छ।  स्थानीयवासिन्दाले घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएपछि  पिडित र कुटपिट गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको लागि ल्याइएको छ। छानबिन गरि दोषीलाई कानुन बमोजिम कारबाही गरिने पाँचथर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ