जिल्ला पशु सेवा कार्यलय पर्वतले थालेको मासु पसल अनुगमनमा जिल्लाका आधा दर्जन पसलमा अनयिमीता भेटीएको छ । पशु सप्ताह कार्यक्रम अन्तर्गत सोमबार भएको १३ पसल अनुगमनमा ६ पसलमा अनियमीतता भेटीएको हो । कार्यलयको केन्द्रीय कार्यक्रम अनसार मासु पसल अनुगमन गरीएको हो । जिल्ला पशु सेवका कार्यलय प्रमुख ,तथा कर्मचारी ,उद्योग वाणिज्यसंघ प्रतिनिधी उपभोक्ता मञ्च र पत्रकार सुरक्षाकर्मी सहीतको अनुगमनमा आधा दर्जन पसलमा अनीयमीता भेटीएको हो । अनुगमन टोलिले न्यु शिटी फ्रेस हाउस दर्ता नभएको पाएको हो विना बोर्ड सञ्चालित भएको करीम मियाँ फ्रेस हाउसमा सरसफई नपाइएको हो । जसलाई कार्यलयले मासु पसल सुधार कार्यक्रम दिएको हो । त्यसै गरी विकास फ्रेस हाउसमा पनि अनयिमीता पाइएको हो ।
टोलिले निरहु फ्रेस हाउसको तराजु समेत नियन्त्रणमा लिएको छ । अनुगमका क्रममा धेरै जसो पसलहरु दर्ता प्रकृयामा नआएका तौल कम गरेर विक्र वितरण भईरहेको तथा सरसफाईमा ध्यान नपु¥याइएको पाइएको हो । विगत तीन वर्ष देखी मासु पसल सुधकारका कार्यक्रम सञ्चालन गर्दै आएको कार्यलयले कार्यक्रमले समेटेका पसलमा सरसफई नभएको स्वीकारेको छ । कार्यलय प्रमुख सुधिर थापाले विगतका वर्षमा पनि सुधारको सुझाव दिइएको र यस पटक पनि व्यवसायीहरुलाई सुर्धान निर्देशन दिइएको बताउनु भयो । उपभोक्ताहरुले भने कार्यलयले नियमीत अनुगमन नगर्दा व्यापारीहरुमा मानोमानी बढेको गुनसो गरेका छन । व्यवसायीहरुले कार्यलयको नियमती अनुगमन नगरेर कार्यलयका कार्यक्रममा आाफुहरुलाई नसमेट्दा जानकारी नभएको बताएका छन । कार्यलयले आगामी दिनमा अनुगमलाई निरन्तरता दिने बताएको छ । सप्ताह व्यापि कार्यक्रममा व्यवसायी र सरोकारवाला विच अन्तरकृया र छलफलका कार्यक्रम रहेको कार्यलयले बताएको छ । -महेन्द्र जिसी