२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दुई दिनपछि सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

६ चैत्र २०७५, बुधबार ०६:०५

दान बहादुर बुढा | चैत्र ५ मुगु | जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ५ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा नम्बर ५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई आईतबार बिहानदेखि सुत्केरी व्यथा लागेको थियो । सातौ पटक गर्भवती शाहीलाई  आईतवार देखि सुत्केरी व्यथा लागे पनि प्रसुति हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा लैजान निकै प्रयास गरिए पनि सोमबार उद्धार हुन नसकेको चन्द्ररुपाका श्रीमान जगतबहादुर शाहीले जानकारी दिए ।


 आईतवार देखि सुत्केरी व्यथा लागेपछि सोरु गाँउ पालिका नेर गाउँमा रहेको फेज नेपालको गाउँ घर क्लिनिकमा उपचार गरिएको थियो । क्लिनिकमा विरामी शाहीलाई राखिएको र उनको तौल निकै कम रहेको, पाठ्यघरमा पानीका फोका फुटेको तथा एक बच्चा रहेकाले सुत्केरी गराउन निकै कठिन भए पछि सुविधा सम्पन्न अस्पतालमा लैजान फेज नेपालको क्लिनिकमा कार्यरत डाक्टर पिटर हाईटले सल्लाह दिए पछि मंगलबार दिउसो नेपाली सेनाको एम आई १७ हेलिकप्टरबाट क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले जानकारी दिए । 

 गाउँमा हेलिकप्टर बस्ने ठाउँ नभए पछि हुम्लाको तुम्चसम्म विरामीलाई बोकेर लगेको र हेलिकप्टर पनि तुम्चमा अवतरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत राष्ट्रपति उद्धार कोषको सहायतामा गर्भवती शाहीको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिएको हो । 

शाहीको यो सातै गर्भ हो । अनि संग २ बच्चा जिबित छन । एक गर्भमा रहेको र अन्य बच्चाको मृत्यू भई सकेको  दुई दिन पहिला देखी लागेको ब्याथालाई नेरमा रहेको फेज नेपाल नामक सस्थाको गाँउ घर क्नििकमा उपचार गरीयो अन्तीममा निकै गारो भए पछि जिल्लामा सरोकारवाला निकाय संग जानकारी गराई आज बल्ल शाहीको नेपालि सेनाको हेलिकप्टर बाट उदार गरीएको फेज नेपाल नामक सस्थाका जिल्ला संयोजकले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य