2026-09-13 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डिजिटल सूचना पाटी जडान

चैत ६, डोटी | नगरपालिकाबाट दिइने सेवा सुविधाको बारेमा आम नागरिकलाई बुभ्mन सजिलो होस् भन्नका लागि शिखर नगरपालिकामा डिजिटल सूचना पाटी जडान गरिएको छ । जिल्लामै पहिलोपटक उक्त नगरपालिकामा सेवाग्राहीको सहज पहुँच रहने गरी उक्त सूचना पाटी जडान गरिएको नगर प्रमुख सीताराम जोशीले बताउनुभयो । 

उहाँले नगरपालिकाबाट प्रदान हुने सेवा सुविधा र गरिने क्रियाकलापका बारेमा आम नागरिकले सूचना सहज रुपमा प्रदान गर्न सो प्रविधि जडान गरिएको जानकारी दिनुभयो । डिजिटल सूचना पाटी विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्ने माध्यम भएकाले बदलिँदो सूचनाको प्रविधिलाई ध्यानमा राखेर उक्त सूचना पाटी शुरु गरिएको नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताउनुभयो । 

सो नगरपालिकाले सम्पूर्ण वडा कार्यालयसम्म उक्त सूचना पाटी जडान गरिने लक्ष्य लिएको बताइएको छ । नगरपालिकाले यसभन्दा पहिले घरघरमै सेवाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप्स सञ्चालन गरिसकेको छ । सामाजिक सुरक्षाका सम्पूर्ण तथ्याङ्कसमेत अनलाइनमा दर्ता गर्ने काम भइरहेको छ । 

छाउपडी मुक्त नगरपालिका बनाइने 

शिखर नगरपालिकालाई यो वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गरिने भएको छ । उक्त नगरपालिकालाई छाउपडी मुक्त बनाउन गृहकार्य भइरहेको छ । फाया नेपालकोे आयोजनामा महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिले यसै आर्थिक वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजनासहित अगाडि बढेका छन् । 

छाउपडी प्रथा एक सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको नगर प्रमुख जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छाउपडी मुक्त नगरपालिका बनाउने अभियानमा छौँ, यो वर्षभित्रै छाउपडी मुक्त नगरपालिका हुनेछ ।” 

सामाजिक कुरीतिसँग जोडेर विभेद् गरेका कारण महिलाले छाउपडीको शिकार हुनु परेको नगर उपप्रमुख धौलीदेवी रावलले बताउनुभयो । पछिल्लो समय जिल्लाका शिखर नगरपालिका, बडिकेदार गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले हाम्रो नेतृत्व परियोजनाअन्तर्गत छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालीम, गोष्ठी र वकालतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले