२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अन्तरजातीय विवाह गरेका सुखी जोडीहरू

७ चैत्र २०७५, बिहीबार ०६:१४

चैत ७, लमही (रासस) | कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भएका छन् भने समाजमा एउटा उदाहरणीय पात्र बन्ने गरेका छन् । 

दाङ तुलसीपुर उपमहानगरपालिका–१ का गोविन्द सापकोटाले विसं २०३३ मा तारादेवी सुनारलाई अन्तरजातीय विवाह गर्नुभयो । अहिले उहाँको एउटा छोरा छन् । अन्तरजातीय विवाह गर्दा घरपरिवारबाट अपमान सहन बाध्य भएका सापकोटा अन्ततः परिवारको प्यारो बन्न पुग्नुभयो । एक्काइसौँ शताब्दीमा रुढीवादी कुसंस्कार अन्त्य गर्न सफल भएको भन्दै सबैले प्रशंसा गर्न थालेपछि घरपरिवार पनि सकारात्मक भएको उहाँ बताउनुहुन्छ । “रगत सबैको रातो हुन्छ, मान्छे सबै एउटै हो”, उहाँले भन्नुभयो, “मान्छेमान्छेबीचको विभेद अन्त्य हुनुपर्ने आवाज उठाउँदै अन्तरजातीय विवाह गरेको हूँ ।” 

अहिले अन्तरजातीय विवाह गरेकै कारण सबैले प्रशंसा गर्ने गरेको उहाँको भनाइ छ । त्यस्तै मुलुक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा परम्परागत कुसंस्कार अन्त्य गर्नुपर्ने भन्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । 

त्यस्तै सोही वडा भमकेका २१ वर्षीय सञ्जीव नेपालीले नेपालगञ्जकी यशोदा गुरुङलाई एक वर्षअघि विवाह गर्नुभयो । “समाजमा अझै पनि अन्तरजातीय विवाहलाई स्वीकार गरिएको छैन”, गुरुङले भन्नुभयो, “यसलाई चिर्न पनि अन्तरजातीय विवाह गरेकी हूँ ।” 

सबैको रगत रातो हुने, सबैले फेर्ने सास एउटै हुने भन्दै मान्छे–मान्छेबीच हुने विभेद अन्त्य गर्न अन्तरजातीय विवाह गरेको गुरुङको भनाइ छ । “अन्तरजातीय विवाह गरेपछि आमाबुबा र समाजले स्वीकार गर्दैनन् भन्ने पहिले नै थाहा थियो”, उहाँले भन्नुभयो, “तर समाजको कुसंस्कार अन्त्य गर्न जस्तोसुकै परिस्थितिमा पनि सामना गर्न तयार भएँ ।” कामका आधारमा जात छुट्याइएको भन्दै यसलाई अन्त्य गर्न यसरी नै सबैको समर्थन आवश्यक रहेको उहाँको भनाइ छ । आफूले अन्तरजातीय विवाह गरेपनि सुन्दर जीवनयापन गर्न सकिन्छ भनी समाजमा चेतना प्रदान गर्न अन्तरजातीय विवाह गरेको उहाँको तर्क थियो । 

त्यस्तै तुलसीपुर–८ का ३० वर्षीय शुक्रराज चौधरीले पनि सोही ठाउँकी बालिका विकलाई छ वर्षअघि विवाह गर्नुभयो । विवाह हुनेबित्तिकै समाजले स्वीकार गरेन । घरपरिवारले पनि स्वीकार गर्न मानेन । तर छ महीनापछि समाज र घरपरिवारले स्वीकार गर्यो र विधिवतरूपमा विवाह भयो । 

अहिले उहाँहरु सहजै ससुराली आवतजावत गर्नुहुन्छ । समाजले पनि सम्मानजनक व्यवहार गर्ने चौधरीले बताउनुभयो । “मुलुक धेरै अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो, “हामी भने जातभात, छुवाछुतमै अल्झिएका छौँ ।” समृद्ध समाज निर्माणका लागि जातीय र लैङ्गिक विभेदको अन्त्य हुन जरुरी रहेको उहाँको तर्क थियो । अन्तरजातीय विवाहलाई आफूहरुले प्रोत्साहन गरिरहेको भन्दै राज्यले पनि अन्तरजातीय जोडीलाई उचित सम्मान दिने हो भने जातीय उन्मूलन गर्न सकिने उहाँको भनाइ छ । जातिय उन्मूलनको कडी अन्तरजातीय विवाह भएको भन्दै यसलाई प्रोत्साहन गर्न सके जातीय विभेद अन्त्य गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो । 

माथिका तीन जोडी उदाहरण मात्रै हुन् । दाङमा धेरै अन्तरजातीय विवाह गरेका जोडी खुशी छन् र सुखी जीवन बिताइरहेका छन् । अझै पनि नेपाली समाजले अन्तरजातीय विवाहलाई मन खोलेर स्वीकार गर्न नसकेको दलित अधिकारकर्मी निर्मल नेपालीले बताउनुभयो । 

उहाँका अनुसार अन्तरजातीय विवाहलाई प्रोत्साहन गरे मात्रै पनि जातीय उन्मूलन गर्न टेवा पुग्ने उहाँको भनाइ थियो । “राज्यले पनि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्न सकेमा मात्रै पनि जातीय विभेद न्यूनीकरणमा मद्दत पुग्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने