२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

होलीको दिन कपिलवस्तुबाट १ सय १२ सवारी नियन्त्रणमा, २० जना पक्राउ

२०७५, ७ चैत्र बिहीबार १४:१६

माधव बेल्वासे | चैत्र ७, कपिलवस्तु | कपिलवस्तुका विभिन्न ठाउवाट १ सय १२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । होलीको दिन मादक पदार्थ सेवन गरी चलाउने,मोटरसाईकलमा २ जना भन्दा वढी सवारी चलाउने जस्ता कार्य गर्ने सवारी चालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । होलीलाई विकृतिको रुपमा मनाउनेहरुलाई प्रहरीले विशेष रुपमा निगरानी गरेको जनाइएको छ ।ईलाका प्रहरी कार्यलय पिपरा वाट २९ मोटरसाईकल १ कार गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै वडा प्रहरी कार्यलय चन्द्रौटामा ११ सवारी साधन सहित ३ जना,ईलाका प्रहरी कार्यलय गोरुसिगेमा १९ सवारी साधन सहित ४ जना,ईलाका प्रहरी कार्यलय पकडी वाट ३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा ५८ सवारी साधन सहित ४ जनालाई नियन्त्रणमा राखीएको प्रहरीले जनाएको छ ।उद्दृख्ल गतिविधि गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यले वताए ।चन्द्रौटा र खरेन्द्रपुरमा सामान्य विवाद भएपनि कुनै क्षती नभएको उपाध्येले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने