२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

२०७५, ८ चैत्र शुक्रबार ०६:५४

चैत ८, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ । 

आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । 

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गर्नुभएको थियो । 

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो । 

यसपछि प्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको छ लेनको सडक विस्तारको उद्घाटन गर्नुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ