२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डिग्रीपासको प्रमाणपत्र लिदैमा बुद्धिजिवी भैइदैन: वक्ता

२०७२, १८ चैत्र बिहीबार ०५:४३

20160330_130433महेन्द्र केसी
पर्वत, डिग्री पासको प्रमाणपत्र हातमा लिदैमा बुद्धिजिवी नहुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बुद्धिजिवी हुनको लागि मानवता, विकेक हुनुपर्ने र सोही अनुसार समाजलाई परिर्वतन गर्न सक्ने क्षमता भएमा मात्रै बुद्धिजिवी भैइने वक्ताहरुको भनाई थियो ।

बुधबार जिल्लामा भएको नेपाल बुद्धिजिवी संगठन पर्वतको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका बक्ताहरुले यस्तो बताएका हुन् । समाजमा डिग्री पास गरेका व्यक्तिले समाजमा आफ्नो पढाइ अनुसारको काम र समाजलाई परिर्वतन गर्न सक्दैन भने  त्यस्ता बर्गलाई बुद्धिजिवीको फेता गुथाउनु न्याय संगत नहुने भन्दै विवेकको सहि समय र स्थानमा प्रयोग गर्न सक्ने व्यक्ति मात्र बुद्धिजिवी हुने बक्ताहरुको धारणा थियो ।

डिग्री पासका नभई काम र विवेकका  बुद्धिजिवीको यतिबेलालाई देशलाई आवश्यकता परेको बताउँदै सहभागीले खोक्रो भाषण गर्ने नेता तथा राजनीतिक दल बास्तबमा बुद्धिजिवी नभएको र उनीहरु केवल खोक्रो आडम्बरको बुद्धिजिवी भएको संज्ञा दिए । नेपाल बुद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष तुलानन्द गिरीले देशको अबस्था र समयअनुकुल विवेकको प्रयोग गर्न सके मात्र बास्तवीक बुद्धिजिवी भैइने धारणा राखे । भारतले लगाएको नाकाबन्दीका क्रममा राजनीतिक दलले सही रुपमा विवेक प्रयोग गर्न नसकेका कारण देशले ठूलो संकट झेल्नुपरेको बताउँदै गिरीले नाकाबन्दी खुलेता पनि आफ्ुहरु स्वाधिनताको लडाइमा चुकेको बताए । जसरी राजनीतिक दलले छिमेकी राष्ट्रसँग लविङ गर्नुपर्ने थियो सो अनुसार आफ्नो वुद्धि विवेक प्रयो गर्न सकेनन् जसका कारण अझै पनि नाकाबन्दीका मार नेपाली जनताले भोगीरहेका छन् उनले भने ।

कार्यक्रममा एमाओवादी पर्वतका अध्यक्ष कृष्णप्रसाद पराजुली, बुद्धिजिवी संगठनका केन्द्रिय सचिव निलकन्ठ तिवारी, प्रदेश ४ का अध्यक्ष भूमी नन्दन सापकोट, काहुराष्ट्र पर्वतका अध्यक्ष दुर्गा दर्जी, अखिल नेपाल शिक्षक संगठनका इन्द्र प्रसाद तिमिल्सीना, क्रान्तिकारी पत्रकार संघ पर्वतका अध्यक्ष मुरारी संगम, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानियका अध्यक्ष डिल्लीराम रेग्मी, अधिवक्ता जगदीश शर्मा  लगाएतले बोलेका थिए । नेपाल बुद्धिजिवी संगठन पर्वतका अध्यक्ष मोती शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत  भगीरथ अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन रामचन्द्र पौडेलले गरेका थिए ।

बुद्धिजिवीको अध्यक्षमा शर्मा

jagdis sharma
नेपाल बुद्धिजिवी संगठन पर्वतको नेतृत्व जगदीश शर्मा पौडेलले गर्ने भएका छन् । जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमले २७ सदस्यीय कार्यसमिति चयन गर्दै उनलाई सर्वसहमत रुपमा  अध्यक्षमा चयन गरेको हो । त्यसैगरी भेलाले उपाध्यक्षमा  खेमनन्द काफ्ले, जमुना आचार्य र बशन्त विक्रिम तिमील्सीना गरी तीन जना चयन गरेको छ ।

सचिवमा रमेश शर्मा लम्साल, सहसचिवमा मोती रेग्मी र इन्द्र प्रसाद तिमील्सीना, कोषाध्यक्षमा रञ्जित सुनार रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश भगीरथ अधिकारी रामचन्द्र पौंडेल, मुरारी शर्मा संगम, शोभाकान्त रिजाल , नारायणदत्त रेग्मी, डिल्लीराम रेग्मी आनन्दराज पौडेल, होमकला तिवारी, रामजी आचार्य, टेकबहादुर परियार, प्रदिप शर्मा, विष्णुशर्मा पौडेल, चक्रपाणी शर्मा, डिल्लीराम रेग्मी, महोनराज शर्मा, रत्नप्रसाद शर्मा र मोहन तिमील्सीना रहेका छन् । अध्यक्षमा सर्वसहमत चयन भएका शर्माले आगामी दिनमा आफ्नो नेतृत्वले नेपाल बुद्धिजिवी संगठनलाई मजबूत र शक्तिशाली बनाउदै लैजाने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित