2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जातीय भेदभाव गरेको आरोपमा तनहुँबाट २ जना पक्राउ

चैत ८, दमौली | जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । 

गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा छिरेको भन्दै भिमाद नगरपालिका–६ का सुकबहादुर परियारलाई दुव्र्यवहार गरेका थिए । टाढै बसेर खानुपर्ने भन्दै भान्सामा पुगिसकेको अवस्थामा जातीय भेदभाव गरेको पीडितले बताए । 

पीडक दुवैविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो । आफूमाथि विभेद गरिएको भन्दै परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले पीडकलाई कानूनबमोजिम कारवाहीका लागि पहल गरेको समितिका अध्यक्ष बाबुराम सुनारले बताउनुभयो । भिमाद नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका सुनारले जातीय रुपमा हुने अधिकांश घटना मिलापत्रमा मात्र सीमित गर्न खोजेपछि छुवाछूतको घटना झन मौलाएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ