ठूलो दुर्घटना हुनबाट जोगियो बस

Posted on: 31 Mar, 2016
[caption id="attachment_686" align="alignleft" width="300"]File Photo File Photo[/caption]

पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भयोे । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। घाइते हुनेमा तिलाहार ३ का २९ बर्षिया रञ्जिना महतको , नीजको छोरा ६ को अनुभव महत र  कुनपा १० का १० बर्षे आलोक गुरुङ रहेका छन् ।उनीहरुको जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि घर फर्किएका छन् ।

विहान बसको इन्जीन चालु गरेर रोकी राखी चालक चिया पसलमा चिया पिउन गएपछि गाडी एकाएक आफै चलेको थियो । बस एकाएक गुडेपछि यात्र्ुहरुमा क्रास फैलिएको थियो । गाडी झण्डै १ सय मिटरको दुरीमा गएपछि नालीमा पसेको थियो । बस र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

जिम्मेवार को ? जिल्लाको सवैभन्दा बढी चहलपहल हुने र भीडभाड हुने ठाउँ हो शिवालयचोक , त्यसमाथि पनि जिल्लाबाट विभिन्न ठाउँका लागि छुट्ने सावारी साधनको पार्किङ स्थल होस् वा रोक्ने र यात्रु चढाउने ठाउँ हो शिवालय चोक । अति भीडभाड हुने शिवालयचोकमा सवारी साधनको इन्जीन संचालन गरेर चिया पसलमा चिया कफमा भुल्ने चालकका लापरवाहीका कारण धन्नै दर्जनौ यात्रुहरुको ज्यान गएन ।

न्युट्रोल अबस्थामा गाडीको इन्जीन चलाएर राखेर चालक चिया गफमा मस्त हुदाँ झण्डै जिल्लामा ठ्रूलो दुरघर्टना हुन बाट रोकियो । बस सिधा चलेको भए मोदी नदीमा गएर गाडी मिसीने पक्कापक्कीनै थियो तर अचानक गाडी आफै मोडिएका कारण नालीमा पुग्यो र ठूलो दुर्घटना हुनबाट बच्यो । जिल्लाभित्रै चल्ने उक्त गाडीमा कम्तीमा तीस यात्रु गन्तव्यका लागि चढेका थिए । सवारी साधनको इन्जीन चालु राखेर चिया गफमा लाग्नु चालकको गल्ती हो ।

सवारी साधन रोकेर रोखेको बेलामा वा पाकिङमा राख्दा इन्जीन बन्द गर्नुपर्छ र आवश्यक परेको बेलामा मात्रै चलाउनु पर्ने थियो तर चालकका लापरवाहीका कारण धन्न ठूलो दुर्घटना हुन पाएन । सवारी साधन पार्किङमा राख्दा इन्जीन बन्द गरेर राख्नु पर्छ वा  सवारी साधन ओलारो ठाउँमा भए पाङ्ग्रामा ओट वा कुनै बस्तु राख्नुपर्छ जसका कारण सवारी साधन अचानक अगाडी बढ्न पाउँदैनन । तर त्यहाँ त्यसो हुन पनि सकेन । ट्राफिक प्रहरीले ट्राफिक सचेतना जगाएता पनि सोही अनुसारको काम भने नभएको पनि यस घटनाले पुष्टि गर्यो एकाएक बस हिड्नु कुनै संयोग पनि हैन । सानो कुरामा ध्यान नदिदाँ ठूलो दुर्घटना हुन बाटा जोएिता पनि यस्ता साना कुराले गर्दा ठूलो क्षती हुनेगर्छ यसतर्फ चालक सचेत र सजग रहनु पर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!