कृषकसँग अन्तरक्रिया

Posted on: 31 Mar, 2016

पर्वत, जिल्लामा रहेका व्यवसायीक कृषकहरुसँग अष्ट “ज” अभियान नेपालले अन्तरक्रिया तथा छलफल गरेको छ । जल, जमिन, जंगल, जडीबुटी, जनावर, जनशक्ति, जलवायु, र जराजुरी लगाएका सम्पदाको पहिचान र संरक्षण, सम्बृद्र्धन, उत्पादन र प्रभावकारी वितरणको नीतिमा जोड दिनका निम्ती विकासको मोडेल सम्बन्धमा बहस चलाउने उदेश्यले स्थापना भएको अस्ट “ज” अभियान नेपालले जिल्लाका कृषकहरुसँग मोडेल कृषि र कृषि क्रान्तिसम्बन्धी अन्तरक्रिया गरेको हो ।

राष्ट्रिय अभियान संचालन गर्दै आएको अष्ट “ज” अभियान नेपालले जिल्लामा रहेका कृषक र सरोकारवाला निकायसँग बहसबाट कृषि क्रान्तिको खोजी गर्ने विषयमा छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा बोल्दै ढकालले अष्ट “ज” अभियान नेपालले चलाएको अभियान आम नेपालीको लागि फाइदाजनक हुनेमा विश्वस्त भएको बताए । अष्ट “ज” ले थालेको अभियानले कृषकलाई मालिक बनाउनेमा विस्वस्त रहेको जिकीर गरे ।

जिल्ला विकास समितिबाट हालसालै जिल्लामा बाँझो जमिन राख्नेलाई कारवाही गर्ने योजना पारित भएसँगै अब बाँझो जमिनको प्रयोग गरी कसरी कृषी उत्पादन गरी आत्मानिर्भर बन्ने भन्नेबारेमा समेत यसले थप बल पु¥याउने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । अष्ट “ज” अभियान नेपालका केन्द्रिय महासचिव निलकण्ठ तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!