२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखको आकाशमा प्याराग्लाइडिङ

२०७५, ९ चैत्र शनिबार ०७:४६

चैत ९, दैलेख । दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भन्नुभयो, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उहाँले भनुभयो, “मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन ।” 

दैलेखमा तीन÷चार वर्षअघि दुई पटक प्याराग्लाइडिङ्गको परीक्षण गरिएको भए पनि नियमित रुपमा उडान यस वर्ष भएको छ । 

दैलेख महोत्सवको अवसरमा पाँच दिनसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको थियो । महोत्सवको सबैभन्दा आकर्षक नै प्याराग्लाइडिङ रहेको दैलेख उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो । दैलेखमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नका लागि र पञ्चकोशी क्षेत्र भ्रमणमा आउने धार्मिक पर्यटकका लागि पनि दैलेख बजारबाट प्याराग्लाइडिङको उडानको सम्भावना रहेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ । 

प्याराग्लाडिङका पाइलट दैलेखकै बुढा 

दैलेखमा यसपालि तीन प्याराग्लाइडिङ गरिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ का नवीन बुढाले विगत दुई वर्षदेखि प्याराग्लाइडिङगको उडान गरिरहेका छन् । भारतमा कोर्ष पूरा गरेर नेपालमा अधिकारी उडानको जिम्मेवारी पाएका उनले द एड्भेञ्चर प्याराग्लाइडिङमा काम गरेको बताउनुभयो । अहिले दैलेखका विभिन्न सम्भावना भएका स्थानमा आफूले परीक्षण उडान गरेको बुढाको भनाइ छ । 

दैलेखका महावु, सदरमुकाम दैलेख बजारको पुरानो बजार, गिताचौरलगायतका स्थानबाट उडान गर्न सकिन्छ । उडानसँगै अन्त्यमा बस्नबका लागि पनि भू–भागको आवश्यकता पर्दछ । चैत÷वैशाखमा हावा, हुरीका कारण अलि धेरै जोखिम हुने बुढाको भनाइ छ । दैलेख सदरमुकाम टाकुरोमा भएकाले उडान गरेका सबै व्यक्ति आकाशमाथिबाट दैलेख बजार देख्दा निकै मोहित भएको बुढाको बताउनुभयो । 

महिला पनि आकाशमा 

साहसिक पर्यटनको नाम दिइएको प्याराग्लाइडिङको उडान दैलेखमा महिलाले समेत गरेका छन् । पहिलो पटक दैलेखका महिलाले आकाशमा उडेको अनुभव सुनाउँदै कमला थापाले भन्नुभयो, ‘‘निकै रमाइलो हुँदोरहेछ । जहाजमा चढेको भन्दा पनि छुट्टै अनुभव भयो ।’’ प्याराग्लाइडिङ गर्न पोखरामा जाने उहाँको धोको दैलेखमै पूरा भएको छ । कमलाजस्तै धना खड्काले पनि प्याराग्लाइडिङमा उड्दाको आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने