Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुमा बस र ट्रक ठोक्कियो, २१ जना घाइते, एकको अवस्था गम्भीर

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माधव बेल्वासे | चैत्र ९, कपिलवस्तु |&nbsp; कपिलवस्तुको शिवराज नगरपालिका १ धानखोलामा बस र ट्रक एकापसमा ठोक्किदा २१ जना घाइते भएका छन&nbsp; । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा सनिवार साझ ५ वजे दुर्घटना भएको हो ।&nbsp;<br></p><p>पुर्ववाट पश्चिम जादै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।बसका चालक बर्दिया मंगलगडि नपा ४ बस्ने २६ वर्षीय खिमराज बिक सहित&nbsp; ४ जनाको अवस्था गम्भीर रहेको छ ।&nbsp;</p><p>दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीय कल्पना सुनार, १५ वर्षीय भिम सुनार घाइते भएका छन्। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवि चौधरी लगायत २१ जना घाइते भएका छन । केहि घाइतेहरुको अवस्था सामान्य रहेको र चन्द्रौटामा रहेको संजिवनि अस्पतालवाट डिसार्च भएको जनाइएको छ ।दुर्घटनामा परेका १७ जनालाई बुटवलका बिभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्ययले वताए ।</p>