२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाडापाडी संरक्षणको नाउँमा सांसद बिकास लम्सालको लुट

२०७२, १९ चैत्र शुक्रबार ०४:१८

                       f55929a8-4d1c-4893-b2c7-312905765e2aगणेश पौडेल, पर्वत, । कलिला भैसीका पाडा जोगाउने भन्दै जिल्लाको खानीगाउँमा शुरु गरेको पाडापाडी संरक्षण केन्द्र रकम लाने र ब्रम्हलुट मच्चाउने माध्यममात्रै बनेको छ । क्षेत्र नं. २ का सांसद विकास लम्सालले लोकप्रियता हाँसिल गर्ने नाउँमा शुरु गरेको कलिला पाडापाडी संरक्षण अभियान पाडा पाडी यातना केन्द्र जस्तै बनेको छ ।

पाडापाडी हुर्काउने नाउँमा विभिन्न निकायबाट रकम ल्याएर व्यक्तिको पेटमा जान थालेपछि पाडापाडी भने ल्याउने र मार्ने थलो मात्रै बनेको छ । सांसद लम्सालले चुनावमा लागेको खर्च तिर्नका लागि विभिन्न ठाउँमा यहि फर्म देखाएर रकम बुझ्ने तर पाडापाडी भने मरेरै सकिने गरेपछि शुरुमा हौसिएर शेयर लगानी गरेका सदस्यहरु समेत निस्कन थालेकाछन् ।
जन्मने बित्तिकै पाडापाडी काट्ने चलन नरोकिएको भन्दै स्थानीय जातका लिमी र पारकोटे जातका पाडा पाडी हुर्काउन जिल्ला पशुसेवा कार्यालय, कृषि मन्त्रालय तथा सांसद विकास कोषको रकमबाट सो केन्द्र संचालन गरिएको थियो । सो केन्द्रमा सांसद लम्सालका साथै उनका दाजु ध्रुब लम्साल लगायत स्थानीय २५ जना व्यक्तिहरुबाट समेत केही रकम लगानी गरेर शुरु गरिएको भएपनि बाहिरबाट गएको रकम कहाँ गयो कसैलाई थाहा नभएको सदस्यहरु बताउँछन् ।
सांसद लम्सालको प्रत्यक्ष संलग्नतामा जिल्ला पशुसेवा कार्यालयबाट १ लाख ५० हजार, सांसद क्षेत्र विकास कोषबाट गत वर्षको ४ लाख, ५ लाख तथा समूहबाट ६ लाख २५ हजार गरि करिब २० लाख रुपीयाँ खर्च गरिएको देखाईएपनि सो लागत अनुसारको खर्च नभएको भन्दै समूहमा रहेका सदस्यहरुले समेत छाडि सकेका छन् । साथै यस वर्षपनि पशु पंक्षि विकास मन्त्रालयबाट १० लाख र सांसद विकास कोषबाट समेत ५ लाख लगानी गर्ने तयारी गरेकाछन् । सांसद विकास कोषको एक मुष्ठ २० लाख मध्ये ५ लाख रुपैया लगानी गर्ने तयारी भएको हो । 20998_1592126481075443_2236584514967926220_nलाखौंको लागतमा केन्द्र संचालन भएको भएपनि त्यसबाट कुनै उपलब्धी हुन नसकेको स्थानीयवासीहरु बताउँछन् । पाडापाडी संरक्षण भन्दै रकम ल्याउने र सोही रकममा सांसद रमाउने बाहेक केही उपलब्धी नभएको उनीहरुको तर्क छ ।

पाडापाडी हुर्काउन तथा स्थानीय भैसीको संरक्षण गर्ने भन्दै जिल्ला पशुसेवा कार्यालयले समूहमार्फत लगानी गरेको भएपनि त्यसको राम्रो नतिजा नआएको बताएको छ । सो केन्द्रमा रहेका पाडापाडीलाई समय अनुसार उचित पोषण तथा दुध खुवाउन नसकेको, नियमित हेरचाह नगरेको तथा चिसोका कारण पाडापाडी ल्याएर राखेको केही दिनमा मर्ने गरेको कार्यालयले जनाएको छ ।
नियमित रुपमा हेरचाह नगर्दा ६ वटा पाडा मरिसकेका र बाँचेका पनि राम्रो नभएको कार्यालयका बरिष्ठ पशु चिकित्सक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । राम्रो स्याहार नहुँदा सोचे अनुरुप नभएको उहाँको तर्क छ । सांसद लम्सालले त्यहि फर्म देखाएर मन्त्रालयबाट समेत मोटो रकम हातपार्ने दाउमा बसेको भएपनि सफल हुन सकेका छैनन् ।

अहिले पनि कार्यालयले प्राबिधिक सरसल्लाह, जुकाको औषधी र पोषिलो घाँसको बीउहरु उपल्बध गराउदै आएको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ । कार्यलयले पछील्लो समयमा भैँसीको मुल्य आकाशीन थाले पछी पाडापाडी हुर्काउने र थारो भैसीँलाई उत्पादनशील बनाउने किसान लाई अनुदान दिन थालेको हो । केहि समय अगाडी मोटरबाटोको रुट परिबर्तनको बिषयमा बिबाद आएका लम्सालको यो अर्को बिषय आएपछि यसै बिषयमा कुरा गर्न सुचना केन्द्र डटकमले सांसद लम्साललाई फोन गर्दा उहाँको फोन उठ्न सकेन ।सूचनाकेन्द्रमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित