पहिरोमा परी महिलाको मृत्यु

साझासवाल

<p><b>चैत १०, चैनपुर (रासस) |</b> बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् ।&nbsp;<br></p><p>सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज अपराह्न पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष भक्तप्रसाद भट्टले जानकारी दिनुभयो ।&nbsp;</p><p>घाइते हुनेमा सोही ठाँउका निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट छन् । घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको देउरा स्वास्थ्यचौकीमा उपचार भैइरहेको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply