२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपाङ्गता सम्बन्धी समन्वय बैठक तथा छलफल कार्यक्रम सम्पन्न ।

२०७२, १९ चैत्र शुक्रबार ०८:००
कुश्मा, पर्वत ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा र अपाङ्गता परिचय पत्रमा पहुँच सम्बन्धी समन्वय बैठक तथा छलफल कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । आइएनएफ कास्कीको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पर्वतको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा ‘‘अपाङ्गता एका बालबालिकाको शैक्षिक सवाल र सरोकारवालाको भूमिका’’ विषयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला सञ्जाल संयोजक राजेन्द्र पहाडीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अपाङ्गता परिचयपत्रका सम्बन्धमा आइएनएफ पोखराका कार्यक्रम अधिकृत सूर्य कुँवरले जानकारी गराउनुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै जिल्ला संयोजक राजेन्द्र पहाडीले अपाङ्गता भएका बालबालिकाको शिक्षा पाउने अधिकारलाई कसैले पनि बहानाबाजी गरेर उलङ्घन गर्न नहुने कुरामा जोड दिनुभयो । उहाँले तल्लो तहदेखि नै अपाङ्गता भएका बालबालिकाहरुका प्रति सकारात्मक धारणाको विकास गर्न सचेतीकरण अभियान सञ्चालन गर्न सबै सरोकारवालाका बीचमा समन्वय हुनुपर्ने खाँचो औंल्याउनुभयो । अर्का प्रस्तोता सूर्य कुँवरले सबै सरोकारवालाहरुका बीचमा एकताबद्ध प्रयास र साझा बुझाइमा आधारित भएर काम गर्ने हो भने अपाङ्गता भएका व्यक्तिलाई सहजै समाजले आत्मसाथ गर्न सक्ने वातावरण निर्माण हुन सक्ने कुरा बताउनुभयो । पर्वत जिल्लामा अपाङ्गताको क्षेत्रमा हुने गतिविधिहरुमा आइएनएफ सहयोग गर्न तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।
प्रस्तुत कार्यपत्रमाथि जिल्ला विकास समिति पर्वतका सामाजिक विकास अधिकृत लिलाधर सुवेदी, महिला तथा बालबालिका कार्यालयका प्रमुख सत्यदेवी अधिकारी, गैसस महासंघका सचिव शिवप्रसाद शर्मा, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्रीलगायत विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष गणेश सुवेदीको अध्यक्षता तथा उपसचिव हरीदत्त शर्माले स्वागत मन्तव्य राख्नुभएको छलफल कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक जगन्नाथ शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग