2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको एक बालिका एघार दिनदेखि बेपत्ता

चैत १२, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो । 

साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिनुभयो । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि नभेटिएको रिजालले बताउनुभयो । उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् । 

यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ । महानन्दका चार छोरी र पाँच छोरा छन् । उनी कान्छी छोरी हुन् । झट्ट हेर्दा सुस्त मनस्थिति भएकी जस्ती देखिने बालिका एक्कासी सम्पर्कविहीन भए पनि परिवार चिन्तित बनेको छ । 

मुख्यमन्त्री नमूना कृषिगाउँ घोषणा गरिने 

पर्वतका दुई वडालाई मुख्यमन्त्री नमुना कृषि गाउँ घोषणा गरिने भएको छ । फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१ पाङलाई नमूना कृषिगाउँका रुपमा विकास गर्न थालिएको हो । कृषकसँंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषिगाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमूना कृषिगाउँको रुपमा विकास गर्न थालिएको हो । 

गण्डकी प्रदेशको कृषि मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमका रुपमा यो कार्यक्रम शुरु गरेको हो । नमूना कृषिगाउँ कार्यक्रमका लागि यस वर्ष रु १० करोड ८० लाख विनियोजन गरिएको छ । प्रत्येक नमूना कृषिगाउँलाई रु ३० लाखका दरले रकम प्रदान गरिने गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोस्रो वर्ष त्यसको ५० प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषिगाउँलाई अर्को वर्ष ५० प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषिगाउँ बनाउनका लागि खर्च गरिने भएको छ । 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्वतमा छनोट भएका कुर्घा र पाङमा नमूना कृषिगाउँको कार्य प्रारम्भ गर्नुभएको छ । सभामुख अधिकारीले कृषक, सरकार र कृषि वैज्ञानिकको साझेदारी प्रयत्नबाट नमूना कृषिगाउँ निर्माण गर्दै अगाडि बढ्ने बताउनुभयो । रैथाने जातका तरकारीलाई प्रवद्र्धन गर्दै कृषि विकासका माध्यमबाट समृद्धिको यात्रा तय गर्न मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले उक्त कार्यक्रमले कृषि उत्पादकत्वमा वृद्धि हुनुका साथै कृषको आयआर्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री लम्सालले उक्त कार्यक्रममार्फत स्थानीय कृषि विकासका नवीन मोडल प्रस्तुत गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उक्त कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाका सबै ३६ निर्वाचन क्षेत्रमा सञ्चालन गरिने जनाउँदै उहाँले ‘एक स्थानीय तह, एक नमूना कृषिगाउँ’ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तीमा ‘एक निर्वाचन क्षेत्र, एक नमूना कृषिगाउँ’ बनाउने लक्ष्य प्रदेश सरकारले राखेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ