कसैको जिन्दगीमाथि खेलवाड नगर

Posted on: 02 Apr, 2016

जिल्लामा विहिबार अचानक रोकेर राखेको बस एकाएक हिड्न थालेपछि बसमा भएका यात्रुहरुमा क्रास फैलियो । गुडिरहेको बसबाट बाहिर निस्कने क्रममा तीन जना समेत घाइते भए । इन्जीन शुचारु गरेर चालक चिया पिउनको लागि चिया पसलमा हिडेपछि न्यूट्रलमा राखेको बस एकाएक गुड्यो । संयोग भनौ या भाग्यले सवै यात्रुलाई बचायो ।

बस निरन्तर सडक नछोडि अगाडी बढेको भए बस सडक भन्दा ५ सय मिटर भन्दा बढि तल मोदी नदीमा पुग्ने थियो । जे होस् बसमा भएका यात्रु सकुल भए त्यसमानै खुसी मनाउनु पर्छ । ठूलो दुर्घटना हुनबाट बच्यो त्यसैमा चित्त बुझाउनु पर्छ । तर सवारी साधनको इन्जीन  सुचारु गरी चिया गफमा रमाउने चालकलाई भने कारवाही गरिनु आवश्यक छ ।

कसैको जीवनमाथि कोहि कसैले खेल्ने पाउने अधिकार पाएको छैन । सुरक्षित यात्रा गराउँछु, नीति नियमको पालगना गर्छु भनी चालक बनेका चालकको एक लापरवाहीका कारण ठूलो मानविय क्षती हुनबाट बचेता पनि आगामी दिनमा यस्ता लापरवाही नहोउन् भन्नका लागि पनि सचेत र सजग हुनु आवश्यक छ । चालकको एक कमजोरीका कारण बसमा सवार हुन लागेका झण्डै तीस भन्दा बढी यात्रुको जिवन जोखिमा परेको थियो ।

जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नीति नियम सम्बन्धी अन्तरक्रिया तथा सचेतना जगाउने गरेता पनि त्यो भने अझै प्रभावकारी नभएको यस घटनाबाट पुष्टि भयो । राम्रो कुशल चालकलाई ट्राफिक प्रहरीले सम्मान गरेता पनि एक चालकको कारणले गर्दा पुरा चालकमाथि सर्वसाधरणको विस्वास गुम्यो । यसरी गैर जिम्मेवारी भएर चालकले सर्वसाधरणको जिन्दगीमाथि खेलवाड गर्नु हुदैन । यदि बस दुर्घटना भएको भए त्यसबाट भएको मानवीय क्षतीको जिम्मेवार को हुने थियो ।

चालकले आफ्नो जिम्मेवारीता पूर्ण रुपमा पुरा गर्नुपर्छ भने नीति नियगम निकायले पनि यसकुरामा ध्यान दिनु आवश्यक छ । एउटा सानो कुराको कमजोरीका कारण ठूलो दुुर्घटना हुनबाट जोगियो तर आगामी दिनमा चालकमा लापरवाहीका कारण यस्ता घटना नहुन् । यहि शुवेच्छा ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!